टि ट्वान्टी विश्वकप अन्तर्गत आइतबारको खेलमा दक्षिण अफ्रीका र वेष्टइन्डिज बिजयी

ENGLISH

SPORTS

टि ट्वान्टी विश्वकप अन्तर्गत आइतबारको खेलमा दक्षिण अफ्रीका र वेष्टइन्डिज बिजयी

21 March, 2016 | Sandeep Bhattarai | 545 Views | comments

टि ट्वान्टी विश्वकप अन्तर्गत आइतबार भएको खेलमा दक्षिण अफ्रिका र वेष्टइन्डिज बिजयी भएको छ । दक्षिण अफ्रिकाको यो पहिलो जित हो भने वेष्टइन्डिजको लगातार दोस्रो जित हो ।

CRICKET-WT20-2016-AFG-RSA

वान्ग्खाड़े मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ओभरमा ५ विकेट गुमाएर २०९ रन बनाएको थियो । उसका लागि ए भी डी भिलियर्सले ३४ बलमा ४ चौका र पाँच छक्काको मद्दतले ६४ रन बनाए भने ओपनर क्विन्टन डी ककले ३१ बलमा ४५ रन बनाउने क्रममा ६ चौका र २ छक्का प्रहार गरेका थिए।

कप्तान फाफ डु प्लेसिसले ४१ रन बनाए। २७ बलको सामना गरेका उनले ७ चौका र १ छक्का हाने। त्यस्तै जे पी डुमिनिले अविजित रहदै २९ रन जोडे । अफगानिस्तानको लागि अमिर हम्जा, शापुर जाद्रण, दव्लत जाद्रण र मोहमद नाबिले समान १-१ विकेट लिए । २१० रनको उच्च लक्ष्य लिएर मैदान उत्रेको अफगानिस्तानले राम्रो सुरुवात गरे पनि लक्ष्य भेट्टाउन असफल रह्यो ।

अफगानिस्तान २० ओभरमा अलआउट हुँदै मात्र १७२ रन बनायो । ३.४ ओभरमानै ५० रन बनाएर उत्कृष्ट सुरुवात गरेका मोहमम्द सेहजाद आउट भएपछि अफगानिस्तानको विकेटको पतन सुरु भएको थियो । उनले १९ बलको सामना गर्दै ३ चौका र पाँच छक्कासहित ४४ रन बनाए भने गुल्बदीन नैबले २६ रन जोडे । त्यस्तै नुर अलि जाद्रण र समिउल्लाह सेनवारीले समान २५ रन बनाएका थिए । दक्षिण अफ्रिकाको लागि क्रिस मोरिसले ४ विकेट लिए भने कगीसो रबदा, काईल एबोट र इमरान ताहिरले समान २-२ विकेट लिए ।

खेलमा दक्षिण अफ्रिकाको लागि ४ विकेट लिएका मोरिस म्यान अफ द म्याच भए । त्यस्तै हिजो राति भएको खेलमा वेष्टइन्डिजले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिंग गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १२२ रन बनाएको थियो । उसको लागि थिसरा परेराले ४० रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनिय रहेन । वेष्टइन्डिजको लागि स्यामुयल बद्रीले ३ विकेट लिए भने ब्राभोको भागमा २ विकेट रह्यो । १२३ रनको लक्ष्य लिएर मैदान उत्रेको वेष्ट इन्डिज १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेट्टायो ।

CRICKET-WT2016-WIS-SRI

उसका लागि आन्द्रे फ्लेचरले अविजित रहदै ८४ रन जोडे भने आन्द्रे रसेलले अविजित रहदै ८ बलमा २० रन जोडे । श्रीलंकाको लागि मिलिंदा सिरिवर्दानाले २ विकेट लिए । वेष्ट इन्डिजको लागि ८४ रन बनाएका फ्लेचर म्यान अफ द म्याच भए । टि -ट्वान्टी विश्वकप अन्तर्गत आज (सोमबार) एक खेल मात्रै हुनेछ । राति पौने आठ बजे अस्ट्रेलिया र बंगलादेश भिड्दैछन् । दुबै टोली यसअघिका पहिलो खेलमा पराजित भएसंगै प्रतियोगितामा रहिरहन दुबै टोलीलाई जितको विकल्प अरु हुँदैन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK