टि ट्वान्टी विश्वकपमा जिम्बावे र अफगानिस्तानको अपराजित यात्रा कायमै

ENGLISH

SPORTS

टि ट्वान्टी विश्वकपमा जिम्बावे र अफगानिस्तानको अपराजित यात्रा कायमै

11 March, 2016 | Sandeep Bhattarai | 475 Views | comments

टि ट्वान्टी विश्वकप अन्तर्गत बिहिबार भएको खेलमा जिम्बावे र अफगानिस्तान बिजयी भएको छ । यो जितसंगै दुबै टोलीले सुपर लिगमा प्रवेश गर्ने सम्भावना बलियो बनाएका छन् । बिहिबार भएको पहिलो खेलमा जिम्बावेले स्कटल्याण्डलाई ११ रनले पराजित गरेको छ ।

Sikandar Raza

नागपुरमा टस जितेर पहिले ब्याटिंग गरेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १४७ रन बनायो ।उसका लागि सेन विलियम्सले ५३ रन्को पारि खेले भने एल्टन चिगम्बुराले २० रन बनाए । स्कटल्याण्डको लागि एलास्दैर इभान्स,मार्क वाट र सफ्यन शरिफले समान २-२ विकेट लिए । १४८ रनको लक्ष्य लिएर मैदान उत्रेको स्कटल्याण्ड १९.४ ओभरमा सबै विकेट गुमाउदै १३६ रन मात्र बनाउन सक्यो । उसको लागि रिची बेर्रिंगटनले ३६ रन बनाए भने प्रेस्टन मोम्सेनले ३१ रनको योगदान दिए । जिम्बावेको विल्लिंगटन मसकजादाले ४ विकेट लिए भने टेनद्दाई चतरा र डोनाल्ड तिरीपानोको भागमा समान २-२ विकेट रह्यो । खेलमा मसकजादा म्यान अफ द म्याच भए ।

त्यस्तै बिहिबारनै भएको दोस्रो खेलमा अफगानिस्तानले हंगकंगलाई ६ विकेटको सनसनीपूर्ण जित हासिल गरेको छ । टस जितेर पहिले ब्याटिंग गरेको हंगकंगले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै ११६ रन बनाएको थियो । ११७ रनको लक्ष्य लिएर मैदान उत्रेको अफगानिस्तानले दुई ओभर बाँकी छँदा जित आत्मसाथ गरेको थियो । दुई खेलमा पराजित भएसंगै हंगकंग र स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिसकेको छ ।

af

अफगानिस्तानका मोहम्मद नाबी म्यान अफ द म्याच भए । प्रतियोगिता अन्तर्गत आज (शुक्रबार ) पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा ओमान र नेदरल्यांड्स भिड्दैछन् भने दोस्रो खेलमा बंगलादेश र आयरल्याण्ड आमने सामने हुँदैछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

kheladi-sammanit

राष्ट्रिय कलाकारहरु चितवन समाज इजरायलद्वारा सम्मानित

राष्ट्रिय कलाकारहरुलाई चितवन समाज इजरायलले सम्मान गरेको छ ।...

monkey_with_cat

स्थानीयवासीसँगै आगो ताप्दै बाँदर र बिरालो

महोत्तरीमा बढेको अत्याधिक शीतलहरका कारण न्यानोको खोजीमा बाँदर र...

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK