टि ट्वान्टी विश्वकपको बुधबारको खेलमा इंगल्यान्ड र भारत रोमान्चक जित

ENGLISH

SPORTS

टि ट्वान्टी विश्वकपको बुधबारको खेलमा इंगल्यान्ड र भारत रोमान्चक जित

24 March, 2016 | Sandeep Bhattarai | 545 Views | comments

टि ट्वान्टी विश्वकप अन्तर्गत बुधबारको खेलमा इंगल्यान्ड र भारत बिजयी भएका छन् । हिजो भएको पहिलो खेलमा इंगल्यान्डले अफगानिस्तानलाई १५ रनले पराजित गरेको छ ।

David Willey

भारतको फेरोज शाह कोटाला मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको इंगल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १४२ रन बनाएको थियो । ५० रन बनाउँदा ५ विकेट गुमाइसकेको इङ्ल्यान्डको इनिङ सम्हाल्ने क्रममा मोईन अलीले ३३ बलमा अविजित ४१ रन बनाएपछि टोलीले मध्यम स्कोर बनाएको थियो । लीले डेविड विली सँग आठौं विकेटमा अविजित रहदै ५७ रनको साझेदारी गरेर इङ्ल्यान्डको इनिङ उकासे। जेम्स भिन्सेले२२ रन बनाउदा विली भने २० रनमा नट आउट रहे । अफगानिस्तानको लागि रशिद खान र मोहमद नाबिले समान २-२ विकेट लिए ।

१४३ रनको लक्ष्य लिएर मैदान उत्रेको अफगानिस्तान निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै मात्र १२९ रन बनायो । उसका लागि शफिकुल्लाहको अविजित ३५ रन बनाए भने शमिउल्हा शेनवारीले २२ रन बनाउनु बाहेक अन्य प्रदर्शन उल्लेखनिय रहेन । इंगल्यान्डको लागि अदिल रशिद र डेविड विलीले समान २-२ विकेट लिए । इंगल्यान्डका मोईन अलि म्यान अफ द म्याच भए । जितसँगै समूह एमा रहेको इंग्ल्याण्डको ३ खेलबाट ४ अंक भएको छ । वेष्टइण्डिजको २ खेलबाट ४ अंक छ । दक्षिण अफि्रका र श्रीलंकाको समान २-२ अंक छ । अफगान भने अंकविहीन छ । लगातार तेस्रो हारपछि अफगानिस्तान सुपर टेनबाट बाहिरिएको छ भने इंग्ल्याण्डको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कायमै रहेको छ ।

त्यस्तै हिजै राति भएको खेलमा भारतले रोमान्चक जित हात परेको छ । भारतको चिन्नास्वामी रंगशालामा टस हारेर पहिले ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १४६ रन बनायो । उसको लागि सुरेश रैनाले ३० रन बनाए भने विराट कोहलीले २४ रन जोडे । १४७ रनको लक्ष्य लिएर मैदान उत्रेको बंगलादेश जित नजिक पुगेपनि हार्न वाध्य भयो । अन्तिम ओभरमा बंगलादेशलाई जितका लागि ११ रन चाहिएको थियो र उसँग चार विकेट बाँकी थियो ।

भारतका कप्तान धोनीले अन्तिम ओभर हार्दिक पान्डेयलाई दिए । महमुदुल्लाहले पहिलो बलमा एक रन लिएर स्ट्राइक मुशफिकुरलाई लिए, जसले दोस्रो र तेस्रो बलमा चौका हाने । हार्दिक त्यसपछि दवाबमा देखिए । अब बंगलादेशको लागि अन्तिम ३ बलमा दुई रन मात्र चाहियो ।तर, चौथो र पाँचौ बलमा हार्दिकले बलिङ्गमा पुनरागमन गर्दै मुशफिकुर र महमुदुल्लाहलाई क्याच आउट गराए । त्यसपछि अन्तिम बलमा बंगलादेशलाई दुई रन चाहियो ।

CRICKET-WT20-2016-IND-BAN

तर, हार्दिकको बल बुझ्न नसक्दा शुवागता विट भए र रन बनाउने प्रयासमा मुस्ताफिजुर रहमानलाई महेन्द्र सिंह धोनीले रन आउट गरिदिए र बंगलादेश जित्दा जित्दै पनि हार्न पुग्यो । यस अघि बंगलादेशको लागि ओपनर तामीम इकबालले ३५ रनको पारी खेले भने सब्बिर रहमानले १५ बलमा २६ रन जोडे । भारतका लागि हार्दिक पान्डेय, रविन्द्र जडेजा र रविचन्द्र आश्विनले समान २-२ विकेट लिए । आश्विन खेलको म्यान अफ द म्याच भए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धूम ३

सेन्सर बोर्डले दियो ‘धूम ३’लाई पिजी सर्टिफिकेट : असोज ५ मा अल नेपाल

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य...

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK