टि ट्वान्टी क्रिकेटमा लगातर तीन खेल जित्दै न्युजिल्यान्ड सेमीफाइनलमा

ENGLISH

SPORTS

टि ट्वान्टी क्रिकेटमा लगातर तीन खेल जित्दै न्युजिल्यान्ड सेमीफाइनलमा

23 March, 2016 | Sandeep Bhattarai | 540 Views | comments

पाकिस्तान २२ रनले पराजित

टि ट्वान्टी विश्वकप अन्तर्गत मंगलबार राति भएको खेलमा पाकिस्तानलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गर्ने पहिलो टोली बन्न पुगेको छ । हिजो राति भएको खेलमा पाकिस्तान न्युजिल्यान्डसंग २२ रनले पराजित भएको हो ।

CRICKET-WT20-2016-NZL-PAK

मोहालिमा टस जितेर पहिले ब्याटिंग गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १८० रन बनाएको थियो । उसका लागि मार्टिन गुप्टिलले ८० रन बनाए भने रोस टेलर ३६ रनमा अविजित रहे । पाकिस्तानको लागि मोहम्मद सामी र साहिद अफ्रिदीले समान २–२ लिए भने मोहम्मद इरफानको भागमा १ विकेट रह्यो । १८१ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तान निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै मात्र १५८ रन बनाउन सफल भयो । ओपनरद्वय सार्जिल खान र अहमद सेहजादले ६ ओभरभित्र ६५ रन जोडेर बिष्पोटक सुरुवात गरेपनि पाकिस्तानले त्यसको फाइदा उठाउन सकेन ।

सार्जिल खानले २५ बलको सामना गर्दै ९ चौका र १ छक्काको मद्दतले ४७ रन बनाए भने अहमद सेहजादले ३० रन जोडे । त्यस्तै उमर अक्मल्ले २४ रन बनाउदा कप्तान सहिद अफ्रिदी १९ रनमा आउट भए । न्युजिल्यान्डका मिचेल सान्टनर र एडम मिल्नेले समान २–२ विकेट लिए । खेलमा ८० रन बनाएका गुप्टिल म्यान अफ द म्याच भए । लगातार तीन खेल जित्दै न्युजिल्यान्ड समूहको शिर्ष स्थानमा रहदै सेमीफाइनलमा प्रवेश गरेको छ ।

टि ट्वान्टी विश्वकप अन्तर्गत बुधबार दुई खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो सवा तीन बजे अफगानिस्तान र इंगल्यान्ड भिड्दैछन् भने दोस्रो खेलमा पौने आठ बजे भारत र बंगलादेश आमने सामने हुनेछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK