टिम नै सखाप हुने गरि भएका पाँच ठूला विमान दुर्घटना

ENGLISH

SPORTS

टिम नै सखाप हुने गरि भएका पाँच ठूला विमान दुर्घटना

30 November, 2016 | arjun baral | 1405 Views | comments

1मंगलबार ब्राजिलका फुटबाल टिम सवार विमान कोलम्बियाको मेडेल्लिनमा दर्घटनाग्रस्त भयो । खेलाडी, अरु यात्रु तथा चालक दलका सदस्य गरी जम्मा ७७ जना रहेको विमान दुर्घटना भएको थियो । ६ जना बाँच्न सफल भएपनि अरुको ज्यान गयो ।

खेलाडी चढेको विमान दुर्घटना भएको यो पहिलो पटक भने होइन । यस अघि पनि यस्ता विमान दुर्घटना भएका छन् । विमान दुर्घटनामा आफ्ना धेरैजसो खेलाडी गुमाउने टिमको सूचीमा ब्राजिलको फुटबल टिम चापेकोएन्स पनि समावेश भएको छ ।

१. लोकोमोटिभ यारोस्लेवल आइस हकी टिम–२०११

2

रुसको लोकोमोटिम यारोस्लेवल आइस हकीमा तीनपटक च्याम्पियन बनेको टिमका खेलाडी चढेको विमान सन् २०११ को सेप्टेम्बरमा दुर्घटनाग्रस्त भएको थियो । यसमा टिमका सबै खेलाडीको ज्यान गएको थियो । सिजनको पहिलो खेलका लागि खेलाडी लिएर बेलारुस जाँदै गरेका बेला विमान दुर्घटना भएको हो । दुर्घटनापछि विमानमा आगो लागेको थियो । विमानको केही भग्नावशेष तथा शव तुनोशना नदीमा फेला परेको थियो । चालक दलका सात सदस्य तथा ३६ खेलाडी तथा पदाधिकारी यो दुर्घटनामा मारिएका थिए ।

२. जाम्बिया राष्ट्रिय फुटबल टिम–१९९३

सन् १९९३ को अप्रिल २८ मा जाम्बियाको राष्ट्रिय फुटबल टिमका १८ सदस्य विश्वकप छनौट खेलका लागि सेनेगल जाँदै गरेको विमान दुर्घटनाग्रस्त भएको थियो । जाम्बियाको एयरपोर्सको विमान गेबान नजिक दुर्घटनाग्रस्त भएको हो । यसमा सबै खेलाडीको ज्यान गएको थियो ।

३. एलियान्जा लिमा–१९८७

3
पेरुको सबैभन्दा सफल फुटबल टिम एलियान्जाका खेलाडी जढेको विमान लिमाबाट फर्कने क्रममा सन् १९८७ मा दुर्घटनाग्रस्त भएको थियो । अवतरणको केही अघि मात्रै विमान दुर्घटनाग्रस्त भएको हो । विमानमा रहेका ४३ जनासहित एलियान्जा लिमा टिमका सबै खेलाडी दुर्घटनामा मारिएका थिए । यसमा विमानका पाइलट भने बाँच्न सफल भएका थिए ।

४. वल्ड क्रिश्चियन रग्बी टिम–१९७२

4

सन् १९७२ को अक्टोबर १३ मा उरुग्वेको रग्बी टिम वल्ड क्रिश्चियनका खेलाडी चढेको विमान दुर्घटनाग्रस्त भएको थियो ।उरुग्वेको राजधानीबाट चिलीको सान्टियागो जाँदै गरेको विमान हराएको थियो । दुई महिनापछि चिलीको वायुसेनाले दुर्घटनामा बाँच्न सफल भएका १४ जनाको खोजी गरेको थियो । यो दुर्घटनामा बाँच्न सफल भएको विषयमा किताब लेखिएको छ । त्यही किताबमा आधारित भएर चलचित्र पनि बनेको छ ।

५. अमेरिकाको फिगर स्केटिङ्ग टिम–१९६१

सन् १९६१ मा भएको विमान दुर्घटनामा अमेरिकाको फिगर स्केटिङ्ग टिमका १८ खेलाडीसहित विमानमा रहेका सबै ७३ यात्रुको ज्यान गएको थियो । विमान ब्रसेल्सको विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको हो । टिमका खेलाडी विश्व च्याम्पियनसिपमा भाग लिन प्राग, तत्कालिन चेकोस्लोभाकिया जाँदै थिए । अमेरिकी टिमले यो प्रतियोगितामा सन् १९५० देखि दबदबा कायम गरेको थियो । तर दुर्घटनामा धेरैजसो खेलाडी तथा प्रशिक्षक गुमाएको टिमलाई माथि उठ्न निकै वर्ष लागेको थिय


 कोलम्बिया विमान दुर्घटनामा ७६ खेलाडीको मृत्यु, खेलको इतिहासमा नै एक भीषण विमान दुर्घटना


तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

भानु जयन्ती

कोलोराडोमा भानु जयन्तीसंगै कवी गोष्ठी सम्पन्न

नेपाली भाषिक एकताका नायक आदिकवी भानुभक्तको २०५ औं जन्म...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK