टिम नेपालसँग अष्ट्रेलियन आर्मी पराजित

ENGLISH

NRN GLOBAL

टिम नेपालसँग अष्ट्रेलियन आर्मी पराजित

15 March, 2016 | Sandeep Bhattarai | 705 Views | comments

अष्ट्रेलियाको एडिलेडमा सोमबार अष्ट्रेलियन आर्मी र टिम नेपालबीच भएको मैत्रीपूर्ण क्रिकेट खेलमा नेपालले ९ विकेटको जीत हासिल गरेको छ ।

cric

दक्षिण अष्ट्रेलियाको एडिलेडमा भएको २० ओभरको खेलमा नेपाली टोली टिम नेपालले अष्ट्रेलियन आर्मीविरुद्ध सहज जीत हासिल गरेको हो । टस जितेर बलिङ रोजेको टिम नेपालले अष्ट्रेलियन आर्मीको टोलीलाई ४४ रनमा अल आउट गरेको थियो । जितका लागि नेपाली टोलीका सुबिग्य वाग्लेले ३ विकेट, दिपक अधिकारी, दिपक क्षेत्री र सन्तोष अधिकारीले २-२ विकेट लिएका थिए भने निरेन श्रेष्ठले रन आउट गर्दै एक विकेट लिएका थिए ।

प्रतियोगिताको जवाफी ब्याटिङमा उत्रिएको नेपालले ११ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । जसका लागि रोमी कार्कीले १८ रन लिए भने नट आउट रहँदै दिपक क्षेत्रीले १० रन र निरेन श्रेष्ठले ७ रन लिएका थिए । खेल अवधिभर अष्ट्रेलियन आर्मीले राम्रो खेल प्रदर्शन गर्न सकेन् । ‘वास्तवमा नै आजको दिन हाम्रो लागि विशेष महत्त्वपूर्ण रहयो, क्लबका अध्यक्ष तथा खेलाडी सन्तोष अधिकारीले कान्तिपुरसँग भने, ‘हामीले पाएको अवसरलाई राम्रो सदुपयोग मात्र गरेनौ कि खेल समेत सहज जित्न सफल भयौं ।’

साउथ अष्ट्रेलियन क्रिकेट एसोसिएसनले आयोजना गरेको यस प्रतियोगिता अवधिभर नेपाली परम्परागत पोशाक लगाएका नेपालीहरुले खेलाडीहरुलाई हौसला प्रदान गरेका थिए । पारस जोशीको कप्तानीमा उत्रिएको नेपाली टोलीको खेल कौशलतालाई कार्यक्रममा सहभागी एडिलेडका लर्ड मेयर मार्टिन हाइसले समेत प्रशंसा गरेका थिए । एडिलेड कपको अवसर पारेर आयोजना गरिएको यस प्रतियोगितामा नेपाली टोलीले पहिलोपटक खेल खेल्ने अवसर पाएको हो ।

खेल समाप्ति पश्चात नेपाली युवतीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए भने कार्यक्रममा नेपाली खानाको स्टल समेत राखिएको थियो । कार्यक्रममा एडिलेडका मेयर, राजनीतिक दलका नेताहरुका साथै अन्य विशिष्ट ब्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।

कान्तिपुर दैनिकबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

divorce

आलेख : विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती

विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर...

anjana-subedi

अन्जना सुवेदीको “कता कता हराए जस्तो लाग्छ” सार्वजनिक 

संगितको क्षेत्रमा संघर्षरत पोखरेली गायिका अन्जना सुवेदीको आवाजमा रहेको...

पार्टी एकता घोषणा हुनमात्रै बाँकी : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले...

पोर्चुगल

पोर्चुगलमा बृहत् शोभायात्रा हुने

युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको...

MOST POPULAR

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

Top 10 Most Beautiful Women Politicians

There are many glamorous women in politics. Who are...

FACEBOOK