टानद्वारा राईको परिवारलाई रु १० लाखकोे बीमा

ENGLISH

TRAVEL

टानद्वारा राईको परिवारलाई रु १० लाखकोे बीमा

28 April, 2018 | Kabi Adhikari | 4200 Views | comments

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघले अन्नपूर्ण परिपथमा पर्यटक लैजाने क्रममा बिरामी भई ज्यान गुमाएका पथप्रदर्शन सहयोगी अशोक राईको परिवारलाई बीमा रकमस्वरुप शुक्रबार रु १० लाखको चेक हस्तान्तरण गरेको छ ।

donation-tan

गत वर्ष पुस २८ गते चार विदेशी र चार सहयोगीसहित पदयात्रामा निस्केको टोलीमा रहेका राईको माघ ८ गते मनाङको याक खर्कमा बिरामी भएपछि हेलिकोप्टरमा उद्धार गरी पोखरा ल्याइएकामा माघ ९ गते निधन भएको थियो । पदयात्रा क्षेत्रमा पर्यटक लिएर जाने पथप्रदर्शक एवं सहयोगीका लागि सिात वर्षयता संघले प्रत्येक वर्ष ७५ पथप्रदर्शक तथा सहयोगीका लागि रु १० लाख बराबरको बीमाका साथै हेलिकोप्टर तथा सवारीसाधनबाट उद्धार गर्नका लागि बीमाको व्यवस्था गरेको छ ।

बीमा रकमको चेक हस्तान्तरण गर्दै संघका अध्यक्ष दीपकराज अधिकारीले टिम्स (पदयात्री व्यवस्थापन सूचना प्रणाली) काटेका आधारमा पथप्रदर्शक एवं सहयोगीले बीमाको दाबी गर्नसक्ने भएकाले अनिवार्य रुपमा टिम्स काटेर मात्र पदयात्रा क्षेत्रमा जान पथप्रदर्शक एवं सहयोगीलाई आग्रह गर्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले पदयात्रामा जाने पथप्रदर्शक एवं सहयोगीका लागि संघले गरेको बीमा व्यवस्था अन्य पर्यटनसम्बद्ध संघसंस्थाका लागि पनि अनुकरणीय भएको बताउनुभयो ।

संघका पूर्वअध्यक्ष सोमबहादुर थापाले पदयात्रा पर्यटनको विकासका साथै पथप्रदर्शक एवं सहयोगीले भोग्ने गरेका समस्याप्रति राज्य पनि गम्भीर बन्नु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सगरमाथा इन्स्योरेन्स कम्पनी, पोखरा शाखाका कार्यालय प्रमुख कविराज पौडेल, संघका सचिव सुशीलराज पौडेल, युनिट्राभका केन्द्रीय उपमहासचिव तुलसीप्रसाद सुवेदीलगायतलेसंघले पथप्रदर्शक एवं सहयोगीका लागि गरेको बीमाको व्यवस्था प्रशंसायोग्य भएको धारणा राख्नुभयो ।

स्वदेश फर्कन माग राख्दै भुटानी राजालाई ज्ञापनपत्र

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा...

“नालीना एकल साङ्गितिक साँझ” अब पोर्चुगलमा

दुई दशक पहिलेकी चर्चित नेपाली पप गायिका नलीना चित्रकार...

भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको अन्त्येष्टि आज अपरान्ह ४ बजे गरिने

तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल विहारी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK