टर्कीमा गिरफ्तारीको क्रम जारी

ENGLISH

WORLD

टर्कीमा गिरफ्तारीको क्रम जारी

26 July, 2016 | Bhawana Pathak | 640 Views | comments

गत जुलाई १५ मा टर्कीमा भएको असफल सैनिक बिद्रोहपछि टर्की सरकारले सरकारी कर्मचारी, सैनिकलगायत पत्रकारलाई समेत गिरफ्तार गर्ने क्रम जारी राखेको छ ।

Turkey-aatma-samarpan-300x169

सरकारी अधिकारीहरुका अनुसार ४२ जना पत्रकारविरुद्ध पक्राउ पुर्जी जारी गरेको टर्कीस्थित अमेरिकी टेलिभिजन प्रसारण सीएनएनले आज जानकारी दिएको छ ।

टर्कीका अधिकारीहरुले सैनिक विद्रोहका पछाडि एकजना कारिन्दा तहका कर्मचारी फतुल्लाह गुलेनको हात रहेको आरोप लगाउंदै आएको र उनको सुपुर्दगीका लागि अमेरिकासँग आग्रह गरेका छन् ।

टर्कीमा भएको असफल सैनिक विद्रोहपछि घटनाको राष्ट्रियस्तरमा छानबिन गर्ने क्रममा बिद्रोहीका नाइके गुलेनसंग कुनै न कुनै रुपमा सम्बन्ध राखेको आशङ्कामा सरकारी सेवामा कार्यरत ४४ हजारभन्दा बढी निजामती कर्मचारी निलम्बनमा परेका छन् ।

उक्त सैनिक विद्रोहका नाइके फतुल्लाह गुलेन र उनका भतिजा मोहम्मद सईत गुलेन पलायन भै हाल अमेरिका निर्वासनमा रहेका छन् । गुलेनका प्रमुख सहयोगी हालिस हान्सि पक्राउ परेपछि उसले पोलेको आधारमा कर्मचारी निलम्बन अभियान नै चलाइएको थियो । गत हप्ता राष्ट्रपति कार्यालयका सुरक्षाकर्मी दस्ताका ३०० जना जवानलाई पनि निलम्बन गरिएकोमा केही पछि फुकुवा गरिएको थियो ।

यसअघि, २१ हजार २९ शिक्षकसहित २१ हजार ७३८ सरकारी शिक्षाकर्मी पनि निलम्बनमा परेका शिक्षा मन्त्रालयले जनाएको छ । त्यस्तै, रक्षा मन्त्रालय स्रोतले जनाएअनुसार सैनिक, न्यायाधीश तथा सरकारी वकिलसमेत गरी २६२ जना न्यायकर्मीलाई सेवाबाट निष्काशन गरिएको थियो ।

निलम्बनमा पर्नेजति सबै सरकारी कर्मचारीको न्यायिक सुनुवाई राजधानी अङ्काराको सिन्क्यान जिल्लामा अवस्थित फौजदारी अदालतमा गरिने न्याय मन्त्री बेकिर बोजागले बताउनुभएको छ ।

गत हप्ताको सैनिक विद्रोहमा परी १४५ जना सर्वसाधारण नागरिक, ६० जना प्रहरी अधिकारी तथा ३ जना सशस्त्र सैनिक समेत २०८ जनाको मृत्यु भएको टर्कीका प्रधानमन्त्री बिनालि यिल्दिरिमले बताउनुभएको छ ।

यस घटनामा परी अन्य १ हजार ४९१ जना घाइते भएको र १०० जनाभन्दा बढी कू षडयन्त्रकारीलाई सेनाले गोली हानी मारिदिएको समेत सञ्चार संस्थालाई जानकारी दिइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीमा एक रुकुमेलीको मृत्यु

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु...

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन...

कोदोबारीमा मत माग्दै

कोदोबारीमा मत माग्दै

गुल्मी क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा (एमाले)...

मिस नेपाल युनिभर्स नग्माले मागिन् भोट

  नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक मिस युनिभर्समा पुगेकी...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK