टर्कीको विमानस्थलमा भएको आक्रमणको विश्वले गर्यो निन्दा

ENGLISH

WORLD

टर्कीको विमानस्थलमा भएको आक्रमणको विश्वले गर्यो निन्दा

आक्रमणमा ३६ बढीको निधन, १४० बढी घाइते

29 June, 2016 | Sandeep Bhattarai | 1620 Views | comments

टर्कीको राजधानी इस्तानबुलमा रहेको एक अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार साँझपख भएको आतङ्ककारी हमलामा परी कम्तीमा पनि ३६ जनाको ज्यान गएको छ ।

turkey

उक्त विमानस्थलमा आत्मघाती हमला भएको हो । सो शक्तिशाली विस्फोटमा परी मारिनेमा केही विदेशीहरु पनि परेका बताइएको छ । सो विस्फोट स्तानबुलको अतातुर्क विमानस्थलमा भएको थियो । सो हमलाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । तर पनि टर्कीका सुरक्षा अधिकारीहरुले भने सो आक्रमणमा इस्लामिक स्टेट्स, आइएसको हात रहेको जनाएका छन् ।

विमानस्थलको प्रस्थान कक्षलाई लक्ष गरेर उनीहरुले बम हमला गरेका थिए । सो स्थानमा धेरै मानिस रहेकोले उनीहरुले हमलाको निशाना बनाएका बताइएको छ । टर्कीका सुरक्षा अधिकारीहरुले आतङ्ककारीहरुले सो आक्रमण तीन वटा रहेको जनाएका छन् । तीन जना नै आत्मघाती रहेका थिए । उक्त प्रस्थान कक्षमा बम विस्फोट गराएसँगै बन्दुकले हमला पनि गरेका थिए । सो हमलामा परी मारिनेमा उडानका लागि त्यहाँ पुगेका स्वदेशी र विदेशी नागरिक रहेका छन् ।

त्यस आक्रमणमा परी करिब ८८ जना नागरिक घाइते भएका छन् । अधिकांश घाइतेको अवस्था अत्यन्तै नाजुक रहेको जानकारी दिइएको छ । मारिनेमा विदेशी नागरिक पनि परेका छन् । ती सबैको सनाखत भइसकेको छैन । मारिनेमा दुई जना प्रहरी अधिकारी पनि परेका छन् । उक्त विमानस्थलबाट प्राप्त र सामाजिक सञ्लालहरुमा व्यापक मात्रामा राखिएका फुटेजहरुमा आक्रमणकारीले कालो माक्स मुखमा लगाएर मान्छेको भिडतर्फ दौडिएको देखिएको छ ।

विमानस्थलको प्रस्थान कक्षमा ती आक्रमणकारीले लक्ष बनाएको देखिएको छ । टर्की र विश्वका टेलिभिजनहरुले आक्रमणबाट कालै भएको र धुवाँ पुत्ताएको विमानस्थलको प्रस्थान कक्षका दृश्यहरु देखाइरहेका छन् ।

आक्रमणमा आइएसको संलग्नता छ– प्रधानमन्त्री
यसैबीच सो आक्रमणमा आतङ्ककारी सञ्जाल आइएसको संलग्नता रहेको जानकारी टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमले जानकरी दिनुभएको छ ।

उहाँले सो घटनास्थल र प्रारम्भिक रुपमा प्राप्त भएको सूचनाका आधारमा सो आक्रमणमा आइएसको हात रहेको अनुमान गरिएको बताउनुभएको हो ।उहाँले भन्नभयो– यसम आइएसको संलग्नताका केही प्रमाणहरु भेटिएका छन् र उनीहरुको निर्देशन र संलग्नतामा यो हमला भएको हुनसक्छ ।

उता टर्कीको राष्ट्रपति रिसिप तैइब एर्दाेगानले यस्तो आतङ्कवादका विरुद्धमा लड्न विश्वका देशहरुलाई आग्रह गर्नुभएको छ । उहाँले आतङ्कवादीहरुका विरुद्धमा विश्वका सबै देशहरु एकजुट हुन आवश्यक रहेको मङ्गलबार बिहान गर्नुभएको सम्बोधनका क्रममा बताउनुभएको समाचारमा जनाइएको छ ।

सुरक्षा परिषदद्वारा निन्दा
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले टर्कीमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गरेको छ । उक्त परिषदको मङ्गलबार बसेको बैठकले टर्कीमा मङ्गलबारै भएको आतङ्कवादी हमलाको निन्दा गर्दै त्यसमा सम्लग्नलाई कानुनी कारबाहीका लागि आग्रह पनि गरेको छ ।

आत्मघाती बम हमलाकारीले उक्त टर्कीको एक विमानस्थलमा गरेको हमलामा परी ३६ जनाको ज्यान गएको छ । त्यसमा परी अरु ८८ जना नराम्ररी घाइते भएका छन् । आतङ्कवादी क्रियाकलापबाट गर्ने गरिएका सबै प्रकारका काम कारबाही कुनै पनि हिसाबले क्षम्य नहुने भन्दै दोषीहरु कुनै पनि हालतमा उम्किन नपाउन भनेर टर्कीले काम गर्नुपर्नेमा उक्त परिषदले जोड दिएको छ ।

सोमबार बिहान भएको सो आत्मघाती हमलाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । उक्त क्षेत्रमा सिरियामा गएका करिब पाँच वर्षदेखि जारी रहेको हिंसाको क्रममा कैयौँ पटकसम्म आक्रमण र हत्याका काम भएका छन् ।

महासचिब बानद्वारा निन्दा

यसैबीच संयुक्त राष्ट्रसंघीय महासचिव बान कि मुनले उक्त हमलाको निन्दा गर्नुभएकोछ । टर्कीको राजधानी इस्तानबुलमा भएको सो आक्रमण निन्दनीय भएको बताउनुभएको छ ।

यसरी मानव हत्यामा उत्रिएका आतङ्ककारीलाई कुनै पनि हालतमा कानुनी कारबाहीको दायरामा ल्याइनुपर्नेमा उहाँले जोड दिनुभयो । महासचिव बानले आतङ्ककारीका विरुद्धमा लड्नका लागि टर्कीलाई जेजस्तो सहयोगका लागि पनि राष्ट्र सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

पाकिस्तानी प्रधानमन्त्रीको निन्दा

यसैबीच सो आक्रमणको पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले पनि निन्दा गर्नुभएको छ । उहाँले यस दुःखद घडीमा आफू टर्कीको सरकार र त्यहाँको जनताको साथमा रहेको पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री शरिफले भन्नुभयो– आतङ्कवादको पीडा हामीलाई थाहा छ र हामी पाकिस्तानी जनताले पनि यसको पीडाबाट गुज्रिएका छौँ, यस्तो अवस्थामा धैर्यताका साथ रहन सबै टर्कीस् जनतालाई आग्रह गर्दछु ।

उहाँले सो आक्रमणमा परी ज्यान गुमाउने सबै नागरिकप्रति श्रद्धाञ्जली पनि अर्पण गर्नुभएको छ ।

यो पनि हेर्नुस – टर्कीको विमानस्थलमा आत्मघाती हमला (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK