टर्कीको असफल सैन्य विद्रोह पछि ४२ पत्रकारमाथि पक्राउ आदेश

ENGLISH

WORLD

टर्कीको असफल सैन्य विद्रोह पछि ४२ पत्रकारमाथि पक्राउ आदेश

26 July, 2016 | Bhawana Pathak | 1020 Views | comments

टर्कीका सरकारी अधिकारीले मुलुकमा केही दिन पहिले भएको असफल सैनिक विद्रोहमा संलग्नमाथि अनुसन्धान तथा कारबाही अघि बढाइरहेको बेला विभिन्न सञ्चार माध्यममा कार्यरत ४२ जना पत्रकारलाई पनि पक्राउ आदेश दिइएको टर्कीको एनटिभी टेलिभिजन च्यानलले जनाएको छ ।

Turkey-aatma-samarpan-300x169

विगत १३ वर्षदेखि टर्कीको सत्ता सम्हालेका राष्ट्रपति रेसेप तैयप एर्डोगानलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको असफल ‘कु’ प्रयासपछि सरकारले प्रहरी, सेना शिक्षक अन्य कर्मचारी गरी ५० हजारलाई जागिरबाट बर्खास्त गरेको छ ।

छानबिनका क्रममा कुनै पत्रकारलाई हिरातमा लिइसकिएको बारे अहिलेसम्म कुनै खबर प्राप्त नभए पनि शनिबारसम्म ४२ जना पत्रकार विरुद्ध पक्राउ आदेश दिइएको उक्त टेलिभिजनले बताएको छ ।

पक्राउ आदेश दिइकामध्ये सरकार नियन्त्रित सवाह दैनिकबाट भ्रष्टचार काण्डमा मुछिएका तत्कालीन मन्त्रीहरूको आलोचना गरेपछि सन् २०१३ मा उक्त दैनिकबाट निष्कासित वरिष्ठ पत्रकार नाजली इलिकाक समेत रहेका छन् ।

वर्तमान सरकारले तीन वर्ष पहिलेको भ्रष्टाचार काण्ड चर्चामा ल्याउनमा अमेरिकामा स्वेच्छिक निर्वासनमा रहनुभएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि दोष लगाइएको थियो । जुलाई १५ मा भएको असफल ‘कु’ प्रयासमा पनि गुलेनको संलग्नता रहेको बताइएको छ ।

गुलेनले सरकारले आफूमाथि विद्रोह गराएको दोषारोपणको खण्डन गर्दै आएका छन् ।

टर्कीबाट प्रकाशित हुरियट दैनिकले असफल राज्य विद्रोहको प्रयासमा संलग्नता रहेको भन्दै सरकारको आतङ्वाद– विरोधी अभियानका अभियोजक इर्फोन फिदानले पत्रकार विरुद्ध पक्राउ आदेश दिएको बताएको छ ।

सरकार विरोधी फिदानले पत्रकार विरुद्धको कारबाही सुरु गरिसकिएको तर वरिष्ठ पत्रकार इलिकाक घरमा नरहेकाले पक्राउ नपरेका बताउनुभयो |

यो पनि पढ्नुहोस :

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK