’झ्यानाकुटी’को व्यापार राम्रो, निर्माण युनिट उत्साहित

ENGLISH

ENTERTAINMENT

’झ्यानाकुटी’को व्यापार राम्रो, निर्माण युनिट उत्साहित

19 November, 2017 | Kunjar Bhattarai | 1715 Views | comments

शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ’झ्यानाकुटी’ ले राम्रो व्यापार गरिरहेको छ । फिल्म हेर्ने दर्शकले  सकारात्मक प्रतिक्रिया दिएपछी निर्माण युनिट उत्साहित छन् ।

शुक्रबार तथा शनिबार फिल्म युनिट विभिन्न हलमा पुगेका थिए । शनिवार अधिकांश हलमा हाउसफुल ब्यापार गर्न सफल फिल्म झ्यानाकुटीको प्रतिक्रिया लिन अभिनेता सौगात मल्ल , अभिनेत्री बेनिशा हमाल , निर्मात्री निशा अधिकारी र निर्देशक तथा निर्माता सिमोश सुनुवारले दर्शकको प्रतिक्रिया लिएका थिए । फिल्म युनिट राजधानी स्थित गोपीकृष्ण हल , अस्टनारायण हल , क्युएफएक्स जय नेपाल , लाबिम र सिभिल मल तथा बिग मुभिजमा पुगेर दर्शकसंगको प्रतिक्रिया लिएका छन् ।

फिल्ममा सुमी मोक्तान , पुष्कर महर्जन तथा बालकलाकार एस्टल गुरुङसंगै कर्माको पनि अभिनय रहेको छ । फिल्मले शुक्रबार तथा शनिबार गरेर एक करोड माथिको ग्रस कलेक्सन गर्न सफल भएको छ ।

निशा अधिकारी – फिल्मले करोड ग्रस कलेक्सन गरेकोले खुसि त बनाएको छ नै साथै फिल्मलाई दर्शकले मन पराउनु भएको छ , त्यो नै हाम्रो लागि खुसिको कुरा हो । हामीले हाम्रो अनुभवबाट तयार पारेको झ्यानाकुटीलाई दर्शकले रुचाउनु भयो , यो हाम्रो लागि खुशीको कुरा हो । फिल्मलाई हामीले धम्पुसमा छायाँकन गरेका थियौ , जुन समयमा हामी त्यहाँ थियौ मौसम बिग्रेको थियो । हलमा निर्मात्रीको रुपमा पुग्दा अलि बेग्लै अनुभव हुने रहेछ । फिल्म खचाखच भरिएको पाउदा खुसि लाग्यो । धेरैले तपाइँले आफै किन खेल्नु भएँन भन्ने जिज्ञाषा पनि राख्नु भयो र फिल्म मन परेको प्रतिक्रिया दिनु भयो । मेरो पहिलो सफलता नै दर्शकको विश्वास जित्नु हो ।

सिमोश सुनुवार , निर्देशक -दर्शकले फिल्मलाई रुचाउनु भयो , त्यसमा मलाइ निकै खुसि लागेको छ । मैले बनाएका अघिल्लो फिल्मको तुलनामा मैले यसमा आफैलाई सुधारेको पनि थिए , जसलाई रुचाईयो । फिल्ममा सरप्राइजको रुपमा रहेको कर्मालाई पनि दर्शकले रुचाउनु भएको छ ।

सौगात मल्ल – आफु हलमा पुग्दा हाउसफुल हुनु र फिल्म हेरेकाले मन पराएको प्रतिक्रिया दिनु हाम्रो लागि निकै खुसिको कुरा हो । मैले भेटेका ९० प्रतिशत भन्दा बढी दर्शकले फिल्मलाई रुचाएका छन् । उनीहरुले तपाइको अभिनयसंगै फिल्म मन परेको प्रतिक्रिया दिए ।

’झ्यानाकुटी’ को पोष्टरमा प्रयोग भएको फोटो स्टाइलको चर्चा बढ्दो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK