नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा विमानस्थल सम्म छोड्न जाने बाबुआमा, लिन विमानस्थल जान नसकेका धेरै घटना छन् । बुधबार बिहान करिब ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगियो तर अचम्म लाग्दो थियो विमानस्थल।
एअरपोर्ट त कतै मेलामहोत्सवमा गएजस्तै लाग्दो थियो । म विमानस्थलको अप्रेसन / बायुसेवा भवन अगाडि उभिरहेको थिए । त्यो भिड देख्दा एक्छिन हेरिरहु जस्तै लाग्यो, एक्छिन जताततै निहाले कोहि गाडीबाट सामान झार्दै छन, कोहि अंगालो मार्दै रुँदै त कोहि पीडा लुकाउन खोज्दै । त्यो भिड अनि त्यही भिडमा हराइरहेको म : स्तब्ध थिए । मेरा आँखा रसाइरहेका थिए । मेरो हेर्ने भन्दा अर्को कुनै विकल्प थिएन ।
विभिन्न देशमा रहनु भएका दाजुभाइहरु नेपालीहरूका महान चाडको अवसर परेर नेपाल पाल्नु भएको र फर्किने क्रमले गर्दा यस्तो अचाक्ली भिड भएको होला भन्ने अनुमान गरे ।विमानस्थल पुग्नुको कारण विमानस्थलको अवस्था हेरेर त्यो भिडमा हराउनु थिएन । म आफ्नो काममा लागे, बिडम्बना मेरो काम पनि त्यहीँ विदेश जाने आउने दु:ख संगै जोडिएको थियो । घरको आर्थिक अवस्था सुधार्न विदेश पलायन भएका केही दाजुभाइहरु सकुशल होइन कि; काठको बाकासमा लास बनेर आएका छन्, हो म पनि त्यही एउटा लासको प्रतिक्षामा बस्नुभएका केही आफन्तलाई भेट्न गएको थिए ।
११:२० मा हवाइजाहज अवतरण भयो भनेर त्यहाँ राखिएको डिजिटल बोर्डमा देखायो ।लास लिनका निम्ति विभिन्न प्रकिया पूरा गर्नु पर्ने रहेछ । तिनै प्रक्रिया पूरा गर्दा गर्दै थाहा भयो कार्तिक २८ गते बिहान ११:२० बजे सम्ममा विभिन्न देशबाट हवाईजाहजमा ४ वटा नेपालीहरुको लास नेपाल आइसकेका रहेछ्न । त्यस्तो सत्यता सुन्दा मेरो शरीर सिरिङ भयो । सबै प्रक्रिया पूरा गरियो लास लिनका निम्ति भित्रै सम्म ४ जना जानपाउने प्रबन्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गरेको रहेछ ।
झोला बोक्ने २ क्यारियरलाई जोडेर त्यसमाथि काठको बाकासमा बन्द गरिएको त्यो लास देख्दा यो मन थाम्न सकिन । बरबर झरिरहेको आशु पुछ्दै बहिर निस्किए सबै जना त्यो लास हेर्दै हात निदारमा लादै थिए (मन्दिरमा टादैबाट ढोग गरेजस्तै ) ।
बाहिर निस्किसक्दा शव बोक्ने गाडी आइ सकेको थिएन । नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले कुनै पनि देशबाट ल्याइएको लासलाई उक्त लासको घर परिवारले लान चाहेको ठाँउसम्म नि:शुल्क पुर्याइदिने प्राबधान सम्म भने गरेको रहेछ । हामी त्यही लास बोक्ने गाडीको प्रतिक्षामा थियौं नजिकै २ जना (एक युवक र वृद्ध) आउनु भयो र रुदै सोध्नुभयो लास लिन के के गर्नु पर्ने रहेछ ? मेरो पनि सानो भाइ साउदीमा बितेर आज लास आउंदैछ, के गर्ने कसरी लिने केही थाहा छैन । हामीले प्रक्रिया बुझिसकेका थियौ त्यसैले सोध्यौ कति बजेको फ्लाइट थियो आउने कतिबजे भनेको थियो ? उहाले भन्नुभो ४ बजे, लास ल्याइसक्ने समय भएको थिएन तर पनि उहाँहरुलाई प्रक्रिया थाहा नभएको कारणले हामीसंगै भएको एकजनालाई उहाँहरुलाइ सबै प्रकिया बुझाइदिन पठायौ ।
दैनिक ५/७ वटा लास नेपाल भित्रिने गरेका तथ्य रहेछ्न । नेपाल बस्दैमा नमरिने भनेर भन्न खोजेको होइन तर देश मै राम्रो गर्न सक्ने हो भने दैनिक यस्तो घटना घट्ने क्रम कम हुन्थ्यो होला ।
एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...
चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...
साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...
संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...
विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...
नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...
अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...