युएईमा झापा भद्रपुरका लभ सुवेदी मृत अवस्थामा फेला

ENGLISH

NRN GLOBAL

युएईमा झापा भद्रपुरका लभ सुवेदी मृत अवस्थामा फेला

युएईमा एक नेपालीको निधन

25 June, 2016 | Bipin Acharya | 900 Views | comments

वैदेशिक रोजगारिमा युएईमा रहेका झापालीहरु सँगै सिङ्गै प्रवासी नेपालीहरु स्तब्ध हुने घटना रोकिएको छैन । कसैको वाध्यता, कसैको आवश्यकता, कसैको सपना अनी यस्तै यस्तै विभिन्न कारणहरु सँग गाँसिएको विदेश सुन्न र भन्नमा जती सहज छ, त्यहाँ भित्रको शारिरिक र मानसिक पिँडा त्यती सहज कदापी छैन ।

भिजिट भिजामा युएई आएर कामको खोजी गर्दागर्दै ह्र्दयघात भएर निधन भएका झापा धाइजन गा. वि. स. वडा न.- ३ का विशाल मेचेको पार्थिव शरीर सेलाउन नपाउँदै अर्को घटनाले सम्पूर्ण प्रवासी नेपालीहरुलाई दुखित बनाएको छ ।

विगत ३ बर्षदेखी युएईको दुबई जेवलअलिमा रहेको टप वान सेक्युरिटी सर्भिस कम्पनिको सुरक्षा गार्डमा कार्यरत २७ बर्सिया लभ सुवेदीलाई गत विहिवार तदानुसार १६ जून २०१६ मा मृत अवस्थामा भेटिएको छ । झापा भद्रपुर नगरपालिका वडा न.- १५ साविकको चन्द्रगढी गा. वि. स. वडा न.- ८ स्थाई बसोबास गर्ने सुवेदी जावेलअलिको रसासी परफ्युम वायर हाउसमा रात्रीकालिन डयुटी गर्दथे ।

१५ जून २०१६ बुधवारका दिन बेलुका डयुटी गएका सुवेदीलाई विहिवार विहान दिनको डयुटी गर्न गएका सुरक्षा गार्डले मृत अवस्थामा फेला पारेका थिए । उनले आत्माहत्या गरेका हुन वा होइनन भन्ने बारेमा प्रहरिले अनुसन्धान जारी राखेको छ ।

अत्यन्तै मिलनसार र हँसिलो मुहार भएका सुवेदीको कसैसँग नराम्रो नभएको र सो दिन बेलुकी डयुटी जाँदा सँधैं झैं सामान्य अवस्थामा गएका थिए । सोही कम्पनिमा कार्यरत उहाँका आफन्त युवराज पौडेलले जानकारी दिए ।

३ बर्ष अगाडि नेपालबाट आफुहरु सँगै आएको र छुट्टी गएर समेत सँगै फर्किएको स्मरण गर्दै पौडेलले सुकसुकाउँदै भने यो सोच्न र कल्पनै गर्न नसकिने घटना हो,लभ सुवेदी हामी माझ छैनन भनेर पत्याउनै सकिरहेको छैन । निधन भएका सुवेदीका परिवारमा ५ बर्सिया छोरा, श्रीमती र आमा रहेका छन ।

यसैबिच युएईमा रहेका नेपाली सेक्युरिटीहरुको संस्था नेपाली सेक्युरिटी समाज युएईका अध्यक्ष तेज राई तथा झापाली समाज युएईका कार्यवाहक अध्यक्ष मोहन शिवाकोटीले एक संयुक्त विज्ञप्ती मार्फत निधन भएका सुवेदी प्रती गहिरो समवेदना व्यक्त गर्दै शोकाकुल परिवारजनहरुमा धैर्यधारण गर्ने शक्ती मिलोस भन्ने प्राथना गरेको छ ।

यो कठिन घडीमा सेक्युरिटी समाज युएई र झापाली समाज युएईले मृतकका परिवारलाई राहत दिन आर्थिक सहयोग सन्कलन गर्ने निर्णय गरेको हुनाले युएईमा रहेका सम्पूर्ण नेपालीहरु साथै संघ, संस्थाहरुलाई सहकार्य र आर्थिक सहयोगका लागि अपिल गर्दछौ विज्ञप्तीमा भनिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK