झापाली समाज अष्ट्रेलियाद्वारा ६० लाख सहयोग

ENGLISH

NRN GLOBAL

झापाली समाज अष्ट्रेलियाद्वारा ६० लाख सहयोग

– नारायण खड्का, अष्ट्रेलिया

1 November, 2017 | Sandeep Bhattarai | 1725 Views | comments

झापाली समाज अष्ट्रेलिया

अष्ट्रेलियामा रहेको झापाली समाजले अहिलेसम्म ६० लाख बढी सहयोग पुर्याएको एक कार्यक्रममा जानकारी दिइएको छ ।

झापा जिल्लाको बिकासका लागि करिब ५ बर्षपहिले स्थापना गरिएको समाजले अहिलेसम्म आर्थिक, शैक्षिक र सामाजिक विकासका कार्यक्रमहरुमा ६० लाख बढी प्रत्यक्ष सहयोग पुर्‍याएको जानकारी दिइएको हो ।

सिड्नीको अनान्डेलमा सम्पन्न नयाँ कार्यसमिती चयनको अवसरमा समाजका पदाधिकारीहरुले झापाका बिद्यालयहरुको शैक्षिकस्तर सुधारका लागि सहभागितामुलक कार्यक्रम अन्तरगत २० लाख, बाढीपिडितहरुको लागि ११ लाख ५० हजार, भूकम्पपिडितहरुको लागि १० लाख, कन्काईमाईमा शवगृह निर्माणका लागि ५ लाख १८ हजार, झापा फुटबल टीमलाई २ लाख ११ हजार, बिर्तामोडको ब्लड बैंकलाई १ लाख लगायतको सहयोग पुर्याइएको जानकारी दिए । यसका साथै अन्य बिभिन्न शिर्षक अन्तरगत जिल्लाको बिकासका लागि सहयोग पुर्याइएको बताइएको थियो ।

यसैगरि समाजको नयाँ नेतृत्वमा दीपक चुडाल निर्वाचित भएका छन् । उपाध्यक्षमा उमेश पोखरेल (सिड्नी), नेत्र पौड्याल (भिक्टोरिया), सचिव अशोक उप्रेती, सहसचिव तिर्थ खतिवडा र कोषादक्ष्यमा प्रबिन चौहान छानिएका छन् । सदस्यहरुमा राजकुमार गोश्वामी, मदन धौराली, अमित विष्ट, नबिन थपलिया, सागर पराजुली, सुधिर पौडेल, नबिन खनाल र नरेश उप्रेती चुनिएका छन् ।

नवनिर्वाचित अध्यक्ष चुडालले झापा जिल्लाको शैक्षिक, सामाजिक र स्वास्थ्यक्षेत्रमा समाजले थप सहयोगको कार्यक्रमहरु ल्याउने जानकारी दिए ।

कान्तिपुरबाट

झापाली समाज अष्ट्रेलियाद्वारा बाढी पीडितलाई आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK