झलक दिखला जाको उपाधी नजिक तेरिया : सबैले भोट गरौं

ENGLISH

झलक दिखला जाको उपाधी नजिक तेरिया : सबैले भोट गरौं

13 January, 2017 | Sandeep Bhattarai | 2540 Views | comments

तेरिया फौजा मगर

हिन्दी सिने नगरी हल्लाउन सफल भैसकेकी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नेपाली नृत्यागना तेरिया फौजा मगर यतिबेला भारतीय टेलिभिजन सो झलक दिखला जाको फाइनलमा पुगकी छिन् ।

सन् २०१४ मा ४० हजार प्रतिस्पर्धीलाई पछि परेर डीआईडी लिटिल मास्टर्सको सेसन ३ को बिजेता भएर राष्ट्रिय गौरब उचो पार्न सफल तेरिया हिले अर्को उपाधीको नजिक छिन् ।

भारतीय टेलिभिजन च्यानहरुबाट प्रसारण हुने डान्स रियालिटी शोहरुमध्ये सर्वाधिक राशिको झलक दिखला जा सिजन ९ को फाइनलमा पुगेकी हाल कक्षा ८ मा अध्ययनरत १४ वर्षीया तेरियाले फाइनलमा डिआइडी सिजन १ एवं झलक दिखला जाकै पूर्वविजेता सलमान युसुफ खान तथा वल्र्ड हिपहप च्याम्पियनसिपिका विजेता शान्तनु महेश्वरीसँग उपाधिका लागि प्रतिष्पर्धा गर्नुपर्नेछ ।

उपाधिको नतिजाका लागि आगामी जनवरी १४ तारिखदेखि २१ तारिखसम्म एसएमएस र अनलाइन भोटिङ खुला गरिदैछ । कलर्स टेलिभिजनबाट प्रसारण हुने यो रियालिटी शोमा डान्स सेलिब्रेटीहरुबीच मात्र प्रतिष्पर्धा हुन्छ । तेरिया डिआईडी लिटिल मास्टर्स २०१४ की विजेता भएकाले झलक दिखला जामा प्रवेश पाएकी हुन् । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनले सञ्चालन गर्ने यो प्रतियोगिता विजेताले नगद भारु ३० लाख तथा रेनाल्ट डस्टर ब्राण्डको कार प्राप्त गर्नेछन् ।

यति ठूला उलब्धिको नजिक पुगेकी तेरियालाई जिताउन लुम्बिनी कपिलवस्तु दिवस अभियानले तेरियालाई उपाधी लाउन भोट गर्न अनुरोध गरेको छ । स्मरणीय छ तेरिया रुपन्देही निवासी हुन् ।

लुम्बिनी-कपिलवस्तु दिवस अभियान विश्व संयोजक रामकुमार श्रेष्ठले एक भिडिया सन्देशमार्फत तेरियालाई यसअघि जस्तै भोट दिएर उपाधी जिताई राष्ट्रको प्रतिष्ठा उच्च पार्न स्वदेश र विदेशमा रहनुभएका सबै नेपालीलाई अनुरोध गर्नुभएको छ ।

भोट गर्ने तरिका:

यदि इन्डियामा हुनुहुन्छ भने SMS बाट TER type गरि 56882 पठाउनुहोला वा संसारको कुनैपनि ठाँउबाट अनलाइन मार्फत www.colorstv.com/jhalak मा गएर पनि भोट दिन सक्नु हुनेछ । भोटिंग लाइन जनवरी १४ रातिको १० वजेबाट खुल्नेछ !

बेल्जियममा तेरिया मगर सम्मानित

प्रतिकृया

LATEST NEWS

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK