झलक जितेपछि के गर्ने भईन् तेरिया ?

ENGLISH

ENTERTAINMENT

झलक जितेपछि के गर्ने भईन् तेरिया ?

23 January, 2017 | Bhawana Pathak | 700 Views | comments

रुपन्देही रुद्रपूरकी तेरिया फौजा मगर झलक देखलजा सिजन ९ जितेपछि मिडियामा छाएकी छिन् । १४ बर्षकी तेरियाले झलक जितेर ३० लाख भारतीय रुपैयाँ र एउटा रेनल्ट कार आफ्नो नाममा गरेकी छिन् । झलक देखलाजाको फिनालेमा उपस्थित अभिनेता ऋतिक रोशनले उनको नृत्य हेरेपछि आफू स्पिचलेस भएको बताएका थिए । तेरियाको नृत्य मन पराएका उनले तेरियालाई आफ्नो सिनेमामा अवसर दिने कुरा पनि व्यक्त गरे जसले अहिले निकै चर्चा पाएको छ । ऋतिकको कुरा सुनेर तेरिया निकै खुशी हुँदै आफ्नो बलिउड ड्रिमको बारेमा कुरा गरेकी थिईन् ।

teriya

झलक जितिसेकपछि तेरियाको के गर्ने योजना छ ? भनेर अहिले धेरै मिडियाहरुले सोधिरहेका छन् । यसको जवाफमा तेरियाले अब के गर्ने आफैलाई पनि थाहा नभएको बताउँदै आएकी छिन् । तर तेरियाले आफूलाई अवसर मिलेसम्म बलिउडमा काम गर्न मन भएको भने बताएकी छिन् । बलिउडमा आफूलाई मन पर्ने अभिनेत्री शोनाक्षी सिन्हा हुन् भन्दै तेरियाले उनीसँग काम गर्ने आफ्नो ठूलो सपना भएको बताएकी छिन् । एजेन्सीसँग कुराकानी गर्दै तेरियाले भनेकी छिन्, ‘म सानै देखि बलिउड टि भि हेरेरै हुर्केकी हुँ । मलाई बलिउड एकदमै मन पर्छ । यदि बलिउडमा मलाई काम गर्ने मौका मिल्यो भने म अवश्य गर्नेछु ।’

झलकबाट तेरिया बीचमै बाहिरिएकी थिईन् । तर उनको भाग्य उनले फेरि वाईल्ड कार्डबाट प्रवेश गर्ने मौका पाईन् । वाईल्ड कार्डबाट प्रवेश गरेकी उनले आखिरमा शो जितेरै छाडिन् । यसरी वाईल्ड कार्डबाट शो जित्ने कमै हुन्छन् । तर तेरियाले वाईल्ड कार्डबाट प्रवेश गरेर पनि सो जित्ने रेकर्ड राखेकी छिन् ।रुपन्देहीमा जन्मेकी तेरिया बिगत केही बर्ष यता आमा, बुबा र दिदीसँग मुम्बईमा बस्दै आएकी छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK