झरीले अस्त ब्यस्त बनायो दर्जनौ चलचित्रलाई

ENGLISH

ENTERTAINMENT

झरीले अस्त ब्यस्त बनायो दर्जनौ चलचित्रलाई

26 July, 2016 | Anjana Bhandari | 615 Views | comments

teen-ghumti

केही दिन यता परेको अविरल वर्षाका कारण चलचित्रको व्यापार चौपट बनेको छ । एक त चलचित्रका लागि यो मौसम वेमौसम हो, त्यसमाथिको निरन्तरको झरीले चलचित्रको व्यापार कस्तो भयो होला सहजै अनुमान गर्न सकिन्छ ।

विगत एक महिना यता देशभर प्रदर्शनमा आएका एक दर्जन बढी चलचित्रहरुमा बाबुराम ढकालको तीन घुम्ती, केदार ढुंगानको लाले, राजु गिरीको जिस्म, राजु शाहको नमस्ते नेपाल, सुस्मिता केसीको ‘म त तिम्रै हुँ’, सूर्या, अनमोल क्षण लगायत एक दर्जन बढी चलचित्रले व्यापार गर्न सकेनन् ।

उनीहरुले आफ्नो लगानी उठाउन पनि मुस्किलको अवस्था देखिएको छ । झरीका कारण दर्शक हलसम्म नजाँदा उनीहरुको व्यापार चौपट भएको हो ।

त्यतिमात्र नभएर यो समयमा मानिसहरु काममा व्यस्त हुनुले पनि उनीहरुको व्यापारमा असर परेको हो । अधिकांश मानिसहरु खेतवारीका काममा व्यस्त हुने हुँदा उनीहरु हलसम्म जान भ्याउँदैनन् । हलसम्म जाने मनसाय भएका मानिसहरुका लागि पनि झरी मूख्य वाधक बनेको छ ।

त्यस्तै, तराईका जिल्ला बाढीले जलमग्न भए पनि त्यहाँ विगत एक हप्ता यता कुनै पनि चलचित्र चल्न सकेका छैनन् । पूर्वका झापा, सुनसरी, इटहरी, गाइघाट, नवलपरासी, रुपन्दही, बाँके, बर्दिया, कैलाली कञ्चनपुर लगायतका जिल्ला यतिबेला जलमग्न बनेका छन् । त्यहाँका स्थानीयलाई बाढीको वितण्डाबाट बच्न नै धौ धौ को अवस्था रहेका छ ।

यस्तो अवस्थामा ती जिल्लामा चलचित्र चल्ने सम्भावना निकै नै कम रहेको बुझिएको छ । केही जिल्लाका हलहरुमा चलचित्र चलेको भए पनि भारी वर्षाले उनीहरुलाई हलसम्म जाने अवस्थामा अवरोध पुर्याएको छ ।

७० लाखमा निर्माण भएको चलचि तीन घुम्तीले अहिलेसम्म जम्माजम्मी ७ लाखको हाराहारीमा कलेक्स्ने गरेको छ भने ३० लाखमा बनेको लालेको पनि उस्तै हविगत रहेको छ । उसले देशभरबाट जम्माजम्मी ७० हजारको कारोबार गरेको वितरक सुनिल मानन्धरले बताए ।

त्यसैगरी, ४० लाखमा निर्माण भएको जिस्मले पनि जम्मा जम्मी ४ चालखको कलेक्सन गर्दा ६० लाखको लागतमा निर्माण भएको सुस्मिता केसीको ‘म त तिम्रै हुँ’ले ७ लाख मात्रै कलेक्सन गरेको बुझिएको छ ।

त्यसैगरी ४० लाखमा निर्माण भएको सूर्या, ३० लाखमा निर्माण भएको अनमोल क्षणले पोस्टर छापेको पैसा समेत उठानउ नसकेको अवस्था रहेको पाइएको छ । निर्माता तथा वितरक प्रदीप उदयले निर्माण गरेका चलचित्र नमस्ते नेपाल चलचित्रको कारोबार पनि झरी मै डुबेको अवस्था छ ।

बजारमा स्थापित होस् वा विस्थापित हुन् जो कोहीले निर्माण गरेका चलचित्र अहिले बाढीको भेलमा बगेका छन् । चलचित्र प्रदर्शन अगावै आफ्नो चलचित्र राम्रो बनेको, दर्शकको मन जित्मो आफू ढुक्क रहेको भन्नेहरुको अवस्थालाई झरीले निरासामा परिणत गरको छ । निकै ठूलो अपेक्षा राखेर चलचित्र निर्माण गरेका उनीहरुका लागि झरि अभिषाप सावित बनेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली युवाको मृत्यु

फ्रान्समा एक नेपाली युवाको मृत्यु

फ्रान्समा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।...

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK