झण्डै पाँचलाख विस्तापित सिरियाली घर फर्के

ENGLISH

WORLD

झण्डै पाँचलाख विस्तापित सिरियाली घर फर्के

1 July, 2017 | Bhawana Pathak | 715 Views | comments

सन् २०११ पछि सिरियामा जारी द्वन्द्वका कारण विस्तापित बनेकामध्ये झण्डै पाँच लाख सिरियाली जनता सन् २०१७ को शुरु देखि हालसम्म घर फर्केका संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने नियोगले शुक्रबार जनाएको छ ।

उनीहरू घर फर्किनुको अर्थ सिरिया पूर्णतया सुरक्षित भएको कारणले भन्दा द्वन्द्वमा छुटेका आफ्ना परिवारका सदस्य र सम्पत्ति खोजी गर्न पुगेका पाइएको पनि बताइएको छ । उनीहरूले घर फर्की आफ्नो घर र सम्पत्तीको रेखदेख पछि केही पुनः शरणार्थी शिवरिमा फर्किने गरेपनि केहीले भने पुनः घरगाउ नछोडेका पाइएको बताइएको छ ।

राष्ट्रसङ्घीय उक्त नियोगले पछिल्ला केही महिना यता स्वदेश तथा विदेशमा बसोबास गर्दै आएका जनता घर फर्की आफ्ना परिवार र सम्पत्तीको हेरचाह गरेको भेटिएको बताएको छ । जनवरीपछि चार लाख ४० हजार विस्तापित सिरियाली अलेप्पो, हामा, होम्स र दमास्कस क्षेत्रमा फर्केको यूएनएचसीआरका प्रवक्ता आन्द्रेज महेसिकले जेनेभामा भेला भएका सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।

सो अवधिमा करिब ३१ हजार शरणार्थी छिमेकी देशबाट स्वदेश आएका छन् । यससँगै सन् विदेश पलायन भएका करिब दुई लाख ६० हजार सिरियालीको सन् २०१५ पछि स्वदेश आगमन भएको उहाँले बताउनुभयो । उहाँले विदेशमा रहेका सिरियाली स्वदेश फर्कने वातावरण हुनु र फर्कन चाहनुले सकारात्मक सन्देश दिएको भएपनि लाखौैं जनता विस्तापित भएको सिरियामा फर्कनेको सङ्ख्या नगन्य मात्र भएको बताउनुभयो ।

उहाँले सिरियामा हिंसात्मक गतिविधिमा कमी आएका कारण घर छोडी शरणार्थी बनेका जनता स्वदेश वा घर फर्किन थालेका भनिहाल्नु नहुने बताउनुभयो ।
सिरियामा गत छ बर्षको अवधिमा तीनलाख २० हजार भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् भने आधा जनसङ्ख्या आन्तरिक वा बाह्यरूपमा विस्तापित बनेका संयुक्त राष्ट्रसङ्घको आँकडा रहेको छ ।

तर सिरियास्थित राष्ट्रसङ्घका विषेश प्रतिनिधि स्टेफेन दे मिस्टुराले यसै हप्ता सुरक्षा परिषद्मा मे ४ मा भएको शान्तिवार्तापछि हिंसा प्रष्ट महशुस गर्न सकिने गरी घटेको बताउनुभएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK