ज्योति मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै

ENGLISH

ENTERTAINMENT

ज्योति मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै

17 October, 2018 | Sandeep Bhattarai | 5120 Views | comments

ज्योति

सपनाको शहर काठमाडौँ जहाँ दैनिक हजारौं मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन त्यसै सपनासंग जोडिएको मोडलिङ क्षेत्र अहिलेका युवा युवती हरुको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो l

युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात् सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ l

नब मोडल ज्योति प्रसाई पनि त्यस्तै त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढ्दै गरेकी छिन् l अहिले उनी आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन्र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन् l

मिस ब्युटी क्विन नेपाल २०१८ मा विजेता बनेर टाइटल जित्न सफल ज्योतिले मिस ट्यालेण्टको अवार्ड समेत हात पार्न सफल भएकी थिइन् l विभिन्न र्याम्प/फेसन सो हरुमा समेत आफ्नो प्रस्तुति दिएर मोडलिङ क्षेत्रमा अनुभब बटुलिसकेकी ज्योतिले भर्खरै सम्पन्न मिस्टर ह्यान्डसम २०१८ मा निर्णायक मण्डलीमा बसेर आफ्नो कुशल क्षमता प्रदर्शन गरिसकेकी छिन् l

नृत्य र अभिनयमा पोख्त ज्योति सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन्, चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण पनि हो l उनी मेहनतका साथ अभिनय कलालाई अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l झापा सुरुङ्गाकी स्थाई बासिन्दा नब मोडल ज्योति प्रसाई काठमाडौँलाइ कर्मथलो बनाउदै आफ्नो अध्यनलाई निरन्तरता दिंदै आफ्नो भबिष्य कोर्ने क्रममा छिन् भने उनी डिएभि कलेजमा बिबिएस चौथो बर्षमा अध्यनरत गर्दैछिन l

हेर्दा पनि आकर्षण, हासी रहने शालीन स्वभावकी मोडेल ज्योति प्रसाई अहिले म्युजिक भिडियो तथा फिल्ममा तथा अन्य मिडिया अफरको पर्खाइमा छिन l सानै उमेर देखि नृत्यमा रुचि राख्ने ज्योति अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत छिन् l सुपर मोडल तथा चर्चित नायिका बन्ने योजनाको साथ् मोडलिङ क्षेत्र प्रवेश गरेकी ज्योति अभिनय, डान्सिङ, ट्राभलिङ रिडीङमा रुचि राख्छिन l

नब मोडल ज्योति भन्छिन,अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनी भन्छिन मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडी बढेको कुरा पनि उनी बताउछिन।परिवार तथा विशेष गरि आफ्नो ममीको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडी बढेकी ज्योतिलाई हाम्रो तर्फ बाट पनि अग्रिम शुभकामना l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK