ज्ञानेन्द्रको कलर्स एक्स–फ्याक्टरलाई शरदको पञ्चकन्याले हरायो

ENGLISH

SPORTS

ज्ञानेन्द्रको कलर्स एक्स–फ्याक्टरलाई शरदको पञ्चकन्याले हरायो

26 September, 2016 | Sandeep Bhattarai | 1160 Views | comments

ज्ञानेन्द्रको टिमलाई मात ख्वायो शरदको टिमले

एभरेस्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको सम्पन्न भएको पहिलो खेलमा पञ्चकन्या तेजले कलर्स एक्स–फ्याक्टरलाई २३ रनले हरायो

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्चकन्या तेजलेनिर्धारित २० ओभरमा तीन विकेट गुमाएर १ सय ५४ रन बनायो । त्यसमा ओपनर ब्याट्सम्यान आसिफ सेखले सर्वाधिक ६७ रन बनाए भने कप्तान शरद भेषवाकरले ४० रन जोडे । आसिफले कप्तान शरद भेषवाकरसँग मिलेर दोस्रो विकेटका लागि ८३ रनको साझेदारी गरे । त्यस्तै अर्का ओपनर ब्याट्सम्यान सञ्जय श्रेष्ठले २४ रन बनाए ।

जितका लागि १ सय ५५ रन पछ्याइरहेको कलर्स २० ओभरमा आठ विकेट गुमाउँदै १ सय २० रन मात्र बनाउन सफल रह्यो । उसका कुनै पनि ब्याट्सम्यानले उल्लेखनिय प्रदर्शन गर्न सकेनन । हिमांशु दत्तले बनाएको २८ रन कलर्स एक्स–फ्याक्टरको सर्वाधिक रन बन्यो । त्यस्तै हरिशंकर साहले भने २५ रन बनाउदा कप्तान ज्ञानेन्द्र मल्ले २० रन जोडे । पञ्चकन्याका करण केसी र शरदले समान तीन तीन विकेट लिए

वर्षाले ईपीएलको पहिलो खेल रद्ध, दुबै टोलीले अंक बाँडे (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK