जोली अमात्य मिस नेपाल नर्थ अमेरिकाको आयोजक समितिको सल्लाहकारमा

ENGLISH

NRN GLOBAL

जोली अमात्य मिस नेपाल नर्थ अमेरिकाको आयोजक समितिको सल्लाहकारमा

विजय थापा,वाशिंगटन, डिसी

16 June, 2018 | Sandeep Bhattarai | 1280 Views | comments

जोली अमात्य

आगामी अगष्ट ११ तारिखका दिन विश्वकै सम्राट राज्यमा हुने लागेको प्रथम मिस नेपाल नर्थ अमेरिकामा संयुक्त राष्ट्रसंघ यूवा सम्मेलनकि यूवा अध्यक्ष जोली अमात्य सल्लाहकारमा राखिएको छ ।

राष्ट्रसंघको इतिहासमै नेपाली समुदायको प्रतिनिधित्व गर्दै युवा अध्यक्ष पदमा पुग्ने कनिष्ठ तथा पहिलो नेपाली बन्न सफल बनेकी जोली अमात्य आयोजक समितिको सल्लाहकारमा रहेर काम गर्ने भएकी छिन् ।

आफूलाई समय व्यवस्थापन गर्न गाह्रो भएता पनि मिस नेपाल नर्थ अमेरिका दिर्घकालिन परियोजना रहेकोले समितिको सल्लाहकारमा रहेर काम गर्ने निर्णय गरेको बताईन । र, साथै समितिमा काम गर्ने व्यक्तित्वहरु सकारात्मक र नयाँ कार्य गर्ने र परिणाममुखी देखेकोले यस समितिमा आफू जोडिन पुगेको बताइन ।

अमात्यले अगाडी भनिन आफूले जानेको केही अनुभव ,ज्ञान ,सल्लाह तथा भित्रि इच्छा पनि भएकोले स्वत: स्फूर्त रुपमा काम गर्न इच्छा जागेकोले सल्लाहकारमा बस्ने निधो गरेको बताईन । अमात्यले सहभागीहरुलाई प्रशिक्षण र आफुले जानेका अनुभवहरु हिस्सा समेत गर्ने भएकी छिन् । र, यो टोलीमा बसेर काम गर्न पाउँदा आफुलाई निकै गर्व लागेको बताइन ।

जोलीले विश्वभरका तमाम यूवा वर्गको प्रतिनिधित्व गर्दै राष्ट्रसंघ यूवा सम्मेलनलाई सम्बोधन गरि सकेकी छिन् । जोलीले मिस नेपाल नर्थ अमेरिका टोलीले महिला सशक्तिकरण र लिङ्ग असमानताको मुद्दालाई मुख्य रुपमा प्रकाश पार्ने भएकोले आफू एक महिला पनि भएकोले अझ केहि गर्न सकिन्छ भन्ने हेतुले आफू आकर्षित भएको बताइन ।

उनले अगाडी भनिन राष्ट्र संघमा पनि महिला सशक्तिकरण र लिङ्ग असमानता कुराहरु प्रसस्त चल्ने हुनाले यो आफ्नो लागि स्वर्ण मौका हो भनि मिस नेपाल नर्थ अमेरिकाको समूहमा आबद्ध भएको जानकारी गराएकी छिन् ।

अमात्य राष्ट्रसंघ बाहेक उत्कृष्ट कार्यक्रम संचालक समेत हुन् भने उनले पटक पटक विशेष कार्यक्रमहरु पनि उद्घोष गर्ने गरेकी छिन् । न्युयोर्कको प्रसिद्ध कार्यक्रम स्थल मेलरोज बलरुममा मिस नेपाल नर्थ अमेरिका कार्यक्रम अगस्त ११ तारिख हुने छ ।

संस्थाको तर्फबाट सैलेश श्रेष्ठका अनुसार आगामी शनिबार १६ तारिख देखि धमाधम अडिसन लिने जानकारी गराएका छन् । र, अहिले सम्म ३ दर्जनको निवेदन आएको र अझ यो क्रम बढ्ने श्रेष्ठले बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैंको टीका

दशैंको टीकाको साइत बिहान बिहान ९ बजेर ५१ मिनेट उत्तम

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत...

छक्कापञ्जा–३

घटस्थापनाको दिनबाट चलचित्र ‘छक्कापञ्जा–३’ प्रदर्शनमा आउने : ट्रेलर सार्वजनिक (ट्रेलर)

चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने...

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK