जेन्टलमेनपछि गीत गाउँदै पल, निर्मात्री बनिन् अभिनेत्री पूजा

ENGLISH

ENTERTAINMENT

जेन्टलमेनपछि गीत गाउँदै पल, निर्मात्री बनिन् अभिनेत्री पूजा

28 January, 2017 | Bhawana Pathak | 810 Views | comments

सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘म यस्तो गीत गाउँछु’ फागुनबाट फ्लोरमा जाने भएको छ । अभिनेता पल शाहको व्यस्तता अनि सांगितिक पक्षलाइ अब्बल बनाउन निर्माण टिमको लबिङले फिल्म फ्लोरमा जान केहि ढिलाइ भएको हो ।

pal -pooja

बिहिबार मात्र ‘जोनी जेन्टलमेन’ फिल्मको इण्ड क्ल्यापमा भेटिएका अभिनेता पलले अबको प्रोजेक्ट ‘म यस्तो गीत गाउँछु’ रहेको बताए । उता निर्देशक सुदर्शन थापा भने यतिबेला फिल्ममा समावेश हुने गीत संगीतलाइ छनोट गर्ने क्रममा व्यस्त छन् ।

‘फिल्ममा तीन गीत मात्र समावेश हुने हो रेकर्ड हुँदै जाँदा सात वटा गीत पुग्यो’, सुदर्शनले भने, ‘सबै गीत उत्कृष्ट छन्, उत्कृष्ट मध्येबाट पनि उत्कृष्टता खोज्दा केहि दिन समय गयो ।’ फिल्ममा समावेश हुने सबै गीतमा संगीत अर्जुन पोखरेलको रहनेछ ।

‘काम सुरु गर्न ढिलाइ भएकोमा केहि पछुतो त छ, थापाले थपे, ‘हतारमा भन्दा धैर्यताका साथ सुरु हुने कामले नै अन्त्यमा सफलता पाउँछ, यो कुरामा विस्वस्त छु, फ्लोरमा जान ढिलाइ देखिनुको पछिको राज पनि यहि हो ।’ त्यसो त लभ स्टोरी फिल्ममा अब्बल ठहरिइसकेका निर्देशक थापा जहिले पनि आफ्ना फिल्ममा समावेश हुने गीत संगीतलाइ उत्कृष्ट बनाउन माहिर छन् ।

यसैबीच ‘म यस्तो गीत गाउँछु’ मा पल शाहसँग जोडी बाँध्दै गरेकी अभिनेत्री पूजा शर्माले यो फिल्मबाट निर्मात्रीको ट्याग समेत पाउने भएकी छिन् । फिल्मको बजेट ‘हाइ’ हुँदै गर्दा त्यसको एक हिस्सा पूजा बन्दै गरेको भन्दै निर्देशक थापाले पूजालाइ यो प्रोजेक्टको ‘वन अफ दि प्रोड्यूसर’ बोले ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK