जेठ १८ मा ‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस अवार्ड

ENGLISH

SPORTS

जेठ १८ मा ‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस अवार्ड

16 May, 2018 | Kabi Adhikari | 935 Views | comments

नेपाल खेलकूद पत्रकार मञ्च कास्कीको आयोजना तेस्रो ‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस् अवार्ड २०७४ यही जेठ १८ गते प्रदान गरिने भएको छ ।

sports-award

पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा खेलकूद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले बतास ब्रदर्श प्रालिको मुख्य प्रयोजनमा विभिन्न विधामा सम्मान दिन लागिएको बताउनुभयो ।

उहाँका अनुसार लाइफटाइम अचिभमेण्ट अवार्ड प्रा डा वीरेन्द्रसिंह गुरुङ, वर्ष उत्कृष्ट खेल कास्की जिल्ला ब्याडमिन्टन संघ, वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ कमलबहादुर भण्डारी (शारीरिक सुगठन), करण केसी(क्रिकेट) र तिलकबहादुर पुन मगर (धनुकाँड) तथा वर्ष उत्कृष्ट खेलाडी महिलातर्फ विमला नेपाली (सितेरियो कराँते), कमला पुन(हक्की) र केशरी आले मगर(धनुकाँड) लाई मनोनयन गरिएको छ ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा विवेक अधिकारी(एथ्लेटिक्स), बुद्धिमाया मगर (कबड्डी) र मेगबहादुर क्रेन(क्रिकेट) एवं वर्ष उत्कृष्ट प्रशिक्षकमा जीवन घिमिरे(शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ(फुल कन्ट्याक्ट कराँते)लाई मनोनयन गरिएको छ ।

मनोनीतमध्येबाट प्रत्येक विधामा एक एक छनोट गरी सम्मान दिइने अध्यक्ष पाठकले जानकारी दिनुभयो । पत्रकार मञ्च कास्कीका सचिव रञ्जन अधिकारीका अनुसार मनोनयनमा पर्ने खेलाडी कास्कीमा जन्म तथा कर्मथलो बनाएर जिल्ला, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा कमाएका हुनुहुन्छ ।

लाइफटाइम अचिभमेन्ट अवार्डका लागि ट्रफी, ताम्रपत्र र दोसल्ला, वर्ष खेलाडी पुरुषलाई टिभिएस अपाचे मोटरसाइकल, ट्रफी र दोसल्ला तथा वर्ष खेलाडी महिलालाई टिभिएस विगो स्कुटर, ट्रफी र दोसल्ला प्रदान गरिने छ । त्यस्तै वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकलाई रु १५–१५ हजारसहित ट्रफी र दोसल्ला प्रदान गरिने अधिकारीले जानकारी दिनुभयो । वर्ष उत्कृष्ट खेल संघलाई रु १० हजारसहित ट्रफी प्रदान गरिने छ ।

यस वर्षदेखि मञ्चले कास्कीमा रहेर कम्तीमा पाँच वर्ष निरन्तर खेलकूदलाई पर्यटनसँग जोड्दै समाचार लेख्ने पत्रकारमध्ये एक जनालाई रु १५ हजारसहित सम्मान गर्न लागेको छ । सम्मान वितरण कार्यक्रमका लागि मञ्चका उपाध्यक्ष दीननाथ बरालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको मञ्चले जनाएको छ ।

पोखरा स्पोर्टस् अवार्ड सम्पन्न : लाइफटाइम अचिभमेन्ट अवार्ड रानाभाटलाई

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK