जेठभित्र स्थानीय चुनाव गरौंः एमाले

ENGLISH

POLITICS

जेठभित्र स्थानीय चुनाव गरौंः एमाले

15 February, 2017 | Krishna Adhikari | 745 Views | comments

नेकपा एमालेले आगामी जेठभित्र स्थानीय तहको चुनाव गराउन माग गरेको छ । एमाले स्थायी कमिटीको बैठकले जेठमा स्थानीय र मंसिरमा प्रदेश तथा केन्द्रीय संसदको चुनाव गराउन माग गरेको हो । ‘चुनावको विकल्प छैन । जसरी पनि मंसिरभित्र तीन तहको चुनाव गर्नुपर्छ’ एमालेले भनेको छ ।

उसले देशको परिस्थितितर्फ जटिलता उन्मुख भएको र संविधान कार्यान्वयन र चुनाव गर्नेतर्फ सरकारले ध्यान नदिँदा विखण्डनवादी शक्तिहरु सलवलाएको भन्दै त्यसलाई निरुत्साहित गर्न पनि चुनाव गर्नु पर्ने बताएको छ ।

एमालेले चुनावका लागि राजनीतिक र संवैधानिक वातावरण बनाउन माग गरेको छ । साथै पार्टीले पनि मधेसी मोर्चासहितका सबैसँग छलफल अघि बढाउने निर्णय भएको एमाले सचिव योगेश भट्टराईले बताए ।

एमाले स्थायी कमिटी बैठकले मेची-महाकाली अभियानको अनुमोदन गरेको छ । फागुन २१ देखि सुरु हुने अभियानको झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

साथै बुधबारदेखि सुरु हुने पोलिटब्यूरो बैठकको एजेण्डा समेत तय गरेको छ । बैठकको एजेण्डाहरुमा अध्यक्षको प्रतिवेदन, समसामयिक राजनीतिक परिस्थिति, मेची महाकाली अभियान र विवाद छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK