जीवा लामिछानेको पुस्तक ‘सरसर्ती संसार’को अफ्रिका विमोचन

ENGLISH

NRN GLOBAL

जीवा लामिछानेको पुस्तक ‘सरसर्ती संसार’को अफ्रिका विमोचन

दार-ए-सलाम,

26 December, 2016 | Sandeep Bhattarai | 2505 Views | comments

सरसर्ती संसार

जीवा लामिछानेको पुस्तक ‘सरसर्ती संसार’को अफ्रिका बिमोचन तान्जानियाको दार-एस्-सलाममा बिमोचन आइतबार भएको छ ।

गैर आवासिय नेपाली संघ(एनआरएनए) अफ्रिकाको दोस्रो क्षेत्रीय बैठकको समापछि आयोजित कार्यक्रममा दक्षिण अफ्रिका तथा तान्जानियाका लागि नेपाली राजदूत अमृतबहादुर राईले पुस्तकको विमोचन गरेका छन् ।

नेपाल अफ्रिका साहित्य समाजले आयोजन गरेको कार्यक्रममा पत्रकार सुवास ढकालले राजदूत राई, लेखक लामिछाने र समाजका अध्यक्ष हिक्मत कार्कीसँग पुस्कतको बारेमा चर्चा गरेका थिए।लेखक लामिछानेले स्कुले जीवनकालका केही लेखेपनि तत्कालीन उच्च शिक्षाका लागि तत्कालीन सोभियत संघ पुगेपछि त्यो क्रम जुटेको जानकारी गराएका थिए ।

‘पछिल्लो समयमा सामाजिक सञ्जालमा गरेको टिप्पणीहरुलाई लेख्न थालेपछि आएको सुझावपछि लेख्न थालेको हुँ’ लामिछानेले भने, ‘घुम्ने रुची सानैदेखिको हो । रुसी छात्रवृत्तिको पैसा जोगाएर एक्लै रुकस्याक बोकेर धेरै पटक घुमे ।’

उनले आफूलाई सय पुस्तक पढेभन्दा एक पटकको यात्रा धेरै ज्ञानवर्द्धक हुने भनाइले सधै आकर्षित गरिरहेको बताए । ‘अर्को पुस्तक लेखे भने पनि नियात्रा नै हुने छ’ उनको भनाइ थियो ।

पत्रपत्रिका फुटकर नियात्राहरु लेख्दै आएका लामिछानेले पुस्कत लेख्नका लागि काठमाडौंको साहित्यक मोहत्सवमा भएको घटनापछि साथीहरुले जोड गरेको बताए ।

‘एक जना नाम चलेको साहित्यकारले वरिष्ठ साहित्यकार भनेर पुस्तक हस्ताक्षर गरेर दिनुभयो । त्यसपछि जुगलजी(भूर्तेल)ले अब त तपाईँले नलेखि नहुने भो भन्नुभयो’ उनले भने, ‘पहिलेदेखि नै सामाजिक सञ्जाल होस वा पत्रपत्रिका लेखेको सबैतिर राम्रै प्रतिक्रिया प्राप्त गरेको थिए । ‘

दुई साताअघि काठमाडौमा सो पुस्तकको बिमोचन भएको थियो । अफ्रिका विमोचन कार्यक्रममा बोल्दै राजदूत राईले सरसर्ती संसारको पढ्दा र अन्य देशमा भएका प्रसंगहरुलाई लेखेकले राम्रोसँग उतारेको बताए । ‘हिराको पारख जुवाहरीलाई थाहा हुन्छ । चुरौटेलाई होइन’ राईले भने ।

‘पुस्तकमा कहाँ गए के भयो भन्ने मात्रै छैन । गएको ठाउँको इतिहास, संस्कृति र अन्य पक्ष पनि राम्रोसँग उतारिएको छ’ राईले भने, ‘त्यसलाई नेपालसँग जोड्न यसलाई झनै सुन्दर बनाइएको छ ।’

एनआरएनए अफ्रिका क्षेत्रीय बैठक सातबुँदे घोषणा जारी गर्दै सम्पन्न

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK