जीवनभर पानी अभियानमै समर्पित हुन्छु : पानी अभियानकर्ता पार्दे

ENGLISH

NRN GLOBAL

जीवनभर पानी अभियानमै समर्पित हुन्छु : पानी अभियानकर्ता पार्दे

15 October, 2017 | Sandeep Bhattarai | 2325 Views | comments

मित्र लाल पार्दे

हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस् नारा अगाडि सारेर पोल्यान्डबाट फेसबूकको माध्यमबाट दाङबाट शुरूवात भएको पानी अभियान विस्तारै विश्वव्यापी भैरहेको र हरेक संघ संस्थाहरु सरकार सबैले चासो राखेको सन्दर्भमा र बिस्तारै पानी अभियानले गति लिएकोले पोल्यान्डको वारसवामा इनास पोल्यान्ड एनआरएनए पोल्यान्ड प्रवासी नेपाली मन्च नेपाली जनसम्पर्क समिती पोल्यान्ड एवं कलिउड पोल्यान्ड परिवार विश्व साइकल यात्री सबैको सहभागितामा वारसवामा एक कार्यक्रम गरि पानी अभियान कर्ता मित्र लाल पार्देले आंशिक भिष्मप्रतिज्ञा फिर्ता लिएका छन् ।

र, जीवन भर सामाजिक काम पानी अभियानमा समर्पित हुने घोषणा पनि गरेका छन् । जुन दिन सम्म पानी अभियान शुरु भएको गाउँमा पानी हुने सुनिश्चितता हुँदैन त्यो दिन सम्म भोट नहाल्ने, घर नजाने र कुनै पदमा नउठ्ने घोषणा गरेका पानी अभियानकर्ताको अभियानमा बिस्तारै हरेक क्षेत्रमा रुचि हुँदै गएकोले र गाउँमा बोरिङ खनी पानी पनि निस्किएको र उपमहानगर पालिका एनआरएनए इनास लगायत हरेक क्षेत्रमा चासो भएकोले र उनले उठाएको नारा विस्तारै विश्वव्यापी बन्दै गएकोले आंशिक भिष्मप्रतिज्ञा फिर्ता लिदै आफूले उठाएको नारालाई विश्वव्यापी बनाइ हरेकले घर आगनमै पानी पाउने वातावरण गराउन हुन हर्दिक अनुरोध गरेका छन् ।

साथै जुन संस्थाले पानी आवाजलाई अगाडि बढाउदैन त्यहा उनी न पुग्ने भिष्मप्रतिज्ञा यथावत राखेका छन् । उक्त जानकारी एन आर एन ए पोल्यान्डको कार्यक्रममा पनि दिएका थिए ।

फेसबूक स्ट्याटसबाट शुरु भएको पानी अभियानमा कसैसित नमागेर स्वस्फूर्त रूपमा झन्डै लगभग ४५ लाख घोषणा एवं प्रतिबिद्द्ता विभिन्न क्षेत्रबाट आएको जानकारी उनले गराएका थिए । पानी अभियान सबैको साझा अभियान भएकोले उनले उठाएको पानी नारालाई हरेक राजनितिक वर्ग सरकार संस्थाले अगाडि बढाउदै हरेकले घर आगनमै पानी पाउने वातावरण दाङ मात्र होइन पुरै नेपाल भरी अझ विश्वव्यापी हुनुपर्दछ भनेर उक्त कार्यक्रममा वक्ताहरुले राखेका थिए ।

पानी अभियानमा साथ आफूले अघि पनि दिएको र पछि पनि दिने घोषणा विभिन्न व्यक्तिहरुले गरेका थिए । पानी अभियानमा सधै सक्रिय भएर लाग्ने र पानी अभियानको नारा अब समाजको नासो भैसकेको अवस्थामा सबैले अब सक्रिय भएर लाग्ने जानकारी विभिन्न क्षेत्रका व्यक्तित्वहरुले व्यक्त गरेका थिए भने एनआरएनए पोल्यान्ड महासचिव एवं इनास पोल्यान्ड अध्यक्ष श्री कृष्ण न्यौपानेले नेपाल हुन लागिरहेको एनआरएनए विश्व सम्मेलनमा एवम इनास विश्व सम्मेलनमा जोड्दार आवाज उठाउने प्रतिबद्द्ता व्यक्त गरेका थिए ।

साथै एनआरएनए पोल्यान्ड संरक्षक डा बोधराज सुबेदीले पनि अभियानमा आफुले विभिन्न सम्मेलनमा बोलेको र नारालाई अगाडि बढाउन हरेक व्यक्तिहरुलाई अनुरोध गरेको जानकारी दिएका थिए । स्मरण रहोस् पानी अभियानमा जापान एवं दक्षिण कोरिया हुँदै पोल्यान्ड आइपुगेका विश्व साइकल यात्रीहरु विशाल केसी र युवराज विक्रम मैनालीले पनि अभियानको नारा विश्वव्यापी बनाउने प्रतिबद्धता जाहेर गरेका थिए ।

पानी नारा हरेकको दिमागमा बगिरहेको अवस्था र धेरैको स्वस्फूर्त साथ आइरहेको कारणले पानी अभियानकर्ता मित्रलाल पार्देले पानी अभियानमै बल पुगोस् र बिभिन्न सुख्खा ठाउँमा उनलाई जान सहज होस् भनेर आंशिक फिर्ता लिएको जानकारी गराएका थिए । उक्त कार्यक्रममा प्रवासी नेपाली मन्च पोल्यान्डका निवर्तमान अध्यक्ष एवम सल्लाहाकार टंक कटुवाल, प्रवासी नेपाली मंचकै प्रदीप अधिकारी, जनसम्पर्क समिती पोल्यान्डका उपाध्यक्ष एवं एनआरएनए पोल्यान्ड उपाध्यक्ष जीवन केसी , एनआरएनए पोल्यान्ड अध्यक्ष गोपाल राई, जनसम्पर्क समिती सभापति डा श्रीमती अलिनी पोखरेल सुवेदी, प्रभाकर अधिकारी कलिवूड परिवारको तर्फबाट सुरज कार्की, स्वस्तिका लगायत देव प्रसाद कँडेलले पानी अभियानलाई हर समय साथ दिने विचार व्यक्त गरेका थिए । स्मरण रहोस् पानी अभियान २०१६ फेब्रुअरी २९ देखि निरन्तर फेसबूकको माध्यमबाट अभियान कर्ता रु ५० हजार सुनपुर दाङमा तिर्खाएको प्राणीका लागि पार्देले करोड पानी अभियान नाम दिएर शुरुवात गरेका थिए ।

पानी अभियानलाई विश्वव्यापी बनाउन अभिनेत्री कोइरालालाई पानी अभियानकर्ताले गरे अनुरोध

स्वर्गीय पिताको नाममा पानी अभियानलाई सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

थारु महिला माछा मार्दै

थारु महिला माछा मार्दै

कैलालीको लम्कीका थारु समुदायका महिला खोलामा माछा मार्दै ।...

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK