जाम्बुजेइरा र साओ तोतेनिओ क्षेत्रमा ‘नेपाली सोसियल एण्ड कल्चरल एसोशिएशन’ को स्थापना

ENGLISH

NRN GLOBAL

जाम्बुजेइरा र साओ तोतेनिओ क्षेत्रमा ‘नेपाली सोसियल एण्ड कल्चरल एसोशिएशन’ को स्थापना

योगेन्द्रमिलन छन्त्याल,, पोर्तुगल ।

19 February, 2017 | Sandeep Bhattarai | 710 Views | comments

नेपाली सोसियल एण्ड कल्चरल एसोशिएशन

जाम्बुजेइरा र साओ तोतेनिओ क्षेत्रमा रहेका नेपालीहरुले ‘नेपाली सोसियल एण्ड कल्चरल एसोशिएशन’ को स्थापना गरेका छन् । जाम्बुजेइरा दु मारमा आज सम्पन्न भेलाले एशोशिएशनको स्थापना गरेको हो ।

भेलामा सहभागीहरुले पोर्तुगलमा रहेका संघ संस्थाहरु नेपाली मरेपछि लाश बुझ्ने, फोटो खिचेर फेसबुकमा ट्याग गर्ने, राजनीति गर्ने, हजारौ गुनासा हुँदा पनि एउटै समस्याको निकास दिननसक्ने गरेको तीतो याथार्थ औल्याए ।

छलफलपछि सामाजिक तथा साँस्कृतिक क्रियाकलाप संचालन गर्ने, नेपालीहरुबीच सहयोग समन्वय र सद्भाव वृद्धि गर्ने, नेपाली र पोर्तुगीस समुदायबीच सेतुको काम गर्ने, नवागन्तुक नेपालीका लागि क्षमता अभिवृद्धि गर्नेलगायतका उद्देश्य राखेर एशोशियशन दर्ता गर्ने निर्णय गरिएको छ ।

एशोशियनका लागि २४ सदस्सीय कार्यसमितिको निर्विरोध चयन भएको छ । अध्यक्षमा भुपेन्द्र बस्नेत, उपाध्यक्ष वृहस्पति कँडेल, सचिव मधुसुदन सापकोटा, सह सचिव प्रकाश पौडेल, कोषाध्यक्ष पेम्छिरी शेर्पा र सह कोषाध्यक्षमा सुनिता कुँवर रहेका छन् । सदस्यहरुमा रुपेश शाह, सूर्य शर्मा, पुनम बानियाँ, नन्दलाल कँडेल (रामु), राजकुमार उप्रेती, बासु सत्याल, ङ्वाङ्ग दावा शेर्पा, लक्ष्मण शर्मा, दुर्गा मल्ल, जीवन थापा, प्रवीण गिरी, राजन गुरुङ, विश्व घिमिरे, दावा शेर्पा, विनोद मरासिनी, डम्मर खत्री, बमबहादुर जीसी र निलकण्ठ घिमिरे रहेका छन् ।

संस्थाको विधान तयार गर्न प्रवीण गिरीको संयोजकत्वमा ४ सदस्सीय विधान मस्यौदा समिति बनाइएको छ । मस्यौदा समितिमा रुपेश शाह, सूर्य शर्मा र राजकुमार उप्रेती सदस्य रहेका छन् । संस्थाका लागि आर्थिक संकलन उपसमितिमा पेमछिरी शेर्पा संयोजक, दुर्गा मल्ल, नन्दलाल कँडेल, ङ्वाङ्ग दावा शेर्पा, रोशन तामाङ, विनोद मरासीनी र लक्ष्मण शर्मा सदस्य रहेका छन् ।

भेलाले राजन गुरुङ संयोजक र काजीमान गुरुङ उपसंयोजक रहेको खेलकूद उपसमिति र लक्ष्मण शर्मा संयोजक र दीपकराज गुरुङ उपसंयोजक रहेको साँस्कृतिक उपसमिति पनि गठन गरेको छ ।

नेपाली सोसियल एण्ड कल्चरल एसोशिएशन

भेलामा भुपेन्द्र बस्नेत, योगेन्द्रमिलन छन्त्याल, वृहस्पति कँडेल, प्रभास चौलागाईं, रुपेश शाह र प्रकाश पौडेललगायतले आ-आफ्नो धारणा राखेका थिए । बासु सत्यालले कार्यक्रमको संचालन गरेका थिए ।

नेपाल एसोशिएशन इटालीको शुभकामना आदानप्रदानका साथै अधिबेशन सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK