जापानी र नेपालीबीच सहानुभूति साटासाट

ENGLISH

NRN GLOBAL

जापानी र नेपालीबीच सहानुभूति साटासाट

8 June, 2016 | Bipin Acharya | 615 Views | comments

गत बैशाख ४ (अप्रिल १६) मा गएको ७ दशमलव ३ रेक्टरस्केलको शक्तिशालि भूकम्पबाट प्रभावित क्षेत्र जापानको कुमामोतोका बासिन्दा र नेपाल सरकारका प्रतिनिधिबीच भेटघाट तथा सहानुभूति आदानप्रदान भएको छ । त्यसअवसरमा एक बर्ष अघि नेपालमा गएको भूकम्पको समेत स्मरण गरिएको थियो ।

7

कार्यवाहक राजदूत गेहेन्द्रराज राजभण्डारी नेतृत्वको टोली प्रभावित क्षेत्रमा गएर प्रभावितको सहयोगार्थ नेपाली समुदायले सञ्चालन गरेको योगाभ्यासमा समेत सहभागीता जनाए । शनिवार र आइतवार दुईदिन चलाइएको योगाभ्यासमा अतिप्रभावित क्षेत्रका दुईदर्जन बढी जापानी नागरिकले सहभागिता जनाएका थिए ।

कार्यवाहक राजदुत राजभण्डारीले कुमामोतो प्रान्तका गर्भनर इकुओ कावासिमा र कुमामोतो नगरप्रमुख काजुफुमी ओनिसीलाई भेटेर जापानको दुःखमा नेपाल र नेपालीको हरपल साथ रहेको बताए । नेपालीले भूकम्पपछिको पिडालाई महसुस गरेको भन्दै उनले कुमामोतो क्षेत्रका प्रभावित हरेक जापानी नागरिकको पिडादायी अवस्थालाई जापानबासी नेपालीले नजिकैबाट नियालेको र हरेक दुःखमा साथ रहेको जनाए ।
भूकम्प प्रभावित क्षेत्रको संरचना हटाउन अझै महिनांै लाग्ने भएकाले भत्किएर पुरिएका र अस्थायी बासस्थान क्षेत्रमा सरसफाई, प्रभावितलाई योगाभ्यास लगायतमा नेपाली समुदायले सहयोग गरिरहेको युवा व्यवसायी केशव थापाले जनाए ।

त्यसक्षेत्रमा गैरआवासिय नेपाली सघंको नेतृत्वमा स्वयंसेवकको रुपमा अध्यक्ष सुदन थापा, सचिव बुद्धिराज घिमिरे, सल्लाहकार जिज्ञानकुमार थापा, योगागुरु निरज ज्ञवाली, युवा व्यवसायी केशव थापा र सरोजकुमार खत्री लगाएत टोकियोबाट गएको १० जनाको टोलीले प्रभावित बासिन्दालाई सहयोग गरिराखेका छन् ।

शनिवार बिहानैदेखी खटिएको टोलीले आइतवार बेलुकासम्म भूकम्पमा भत्केका संरचना हटाउने,सरसफाई तथा योगाभ्यास लगाएतको काम गरेको गैरआवासिय नेपाली सघं जापानका अध्यक्ष सुदन थापाले बताए । भूकम्प लगत्तै गैरआवासिय नेपाली सघं जापानको नेतृत्वमा गएको टोलीले तत्कालका लागि भन्दै नेपाली खाना खुवाएको थियो

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

पाकिस्तान

एसिया कप सुपर ४ : भारत र पाकिस्तान विजयी

एसिया कप सुपर ४ मा भारत र पाकिस्तानले विजयी...

मालदिभ्समा नेपाली युवतीको मृत्यु

  झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK