जापानीको सहयोगमा विद्यालय भवन, अधिकारी भन्नुहुन्छ पुनःनिर्माणमा राजनीति घुस्यो

ENGLISH

जापानीको सहयोगमा विद्यालय भवन, अधिकारी भन्नुहुन्छ पुनःनिर्माणमा राजनीति घुस्यो

23 February, 2017 | Sandeep Bhattarai | 1025 Views | comments

विद्यालय भवन

व्यवस्थापिका संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि हुनुपर्ने पुनःनिर्माणमा राजनीति घुसेको र राजनीतिकरण गरिएको आरोप लगाउनुभएको छ ।

धादिङको सलाङ–५ मैदानमा अवस्थित पञ्चमुखी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उदघाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सभापति अधिकारीले सो आरोप लगाउनुभएको हो । त्यस क्रममा उहाँले भूकम्पपछि क्षतिग्रस्त विद्यालयहरुको पुनःनिर्माणका गठन भएको निकायले प्रभावकारी काम गर्न नसकेको गुनासो गर्नुहुँदै विद्यालय पुनःनिर्माणमा दाताहरुको मात्र मुख ताक्ने प्रवृत्ति त्याग्नुपर्ने सुझाव विद्यालय संचालकहरुलाई सुझाव दिनुभयो ।

सम्बोधनका क्रममा सभापति अधिकारीले विद्यालय भवन बन्नु मात्र सबथोक नभएको बताउँदै विद्यालयको भवन व्यवस्थित र मजबुत भएजस्तै विद्यार्थीहरुलाई दिइने शिक्षा पनि त्यस्तै हुनुपर्ने सुझाव दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री इटनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय भवन निर्माणमा सहयोग जुटाउने जापानी संस्था किताक्यूसु वाईएमसीएका महासचिव केनिचिरो ओगावाले जापानमाा एक एक रुपैयाँ गरेर संकलन गरिएको रकमको सदुपयोग भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

त्यस्तै वाईएमसीए जापानका राष्ट्रिय समन्वय परिषदका कार्यकारी निर्देशक काजुकी यामानेले भूकम्पपछि नेपालका धेरै विद्यालयहरु क्षतिग्रस्त भएको र आफ्नो संस्थाको पहलमा पक्की विद्यालय भवन बनाउन पाएकोमा खुसी व्यक्त गर्दै विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्नुभयो । यामानेले त्यस अवसरमा बालबालिकाहरुलाई उत्प्रेरित गर्ने गीत गाउन लगाउनुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक झमकप्रसाद पाठकले विद्यालय भवन निर्माण गरिदिएकोमा खुसी व्यक्त गर्दै भावी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

विद्यालय भवन निर्माणका लागि आर्थिक संकलनमा समन्वयकर्ता रामहरि खड्काले भवन निर्माणको सुरुवाती अवस्थाको जानकारी दिनुभयो । कुल ६१ लाखको लागतमा सो विद्यालय भवन निर्माण भएको पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका तर्फबाट स्रोत व्यक्ति सुदर्शन भट्टले विद्यालय भवन निर्माण हुनु खुसी व्यक्त गर्नुभयो ।

त्यस क्रममा कनेक्सन एजुकेशनल इन्स्टिच्यूसन प्रा.लि.ले सो विद्यालयका लागि एक वर्षसम्म माध्यमिक तहको शिक्षक उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर समेत गरियो । सम्झौतापत्रमा विद्यालयका तर्फबाट प्रधानाध्यापक झकमप्रसाद पाठक र इन्स्टिच्यूसनका तर्फबाट रामहरि खड्काले हस्ताक्षर गर्नुभएको थियो ।

विद्यालय भवन

कार्यक्रममा बालबालिकाहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने अतिथिहरुलाई मायाको चिनो र सम्मानपत्र दिइएको थियो ।

जापानद्वारा प्राकृतिक प्रकोप जोखिम क्षेत्रका लागि आर्थिक सहयोग (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK