जापानमा होटल ब्यवसाय गर्दै आएका नेपाली मृत फेला

ENGLISH

NRN GLOBAL

जापानमा होटल ब्यवसाय गर्दै आएका नेपाली मृत फेला

19 July, 2017 | Bipin Acharya | 955 Views | comments

जापानमा दुई दशक अघिदेखि रेष्टुरेन्ट व्यवसायमा संलग्न नेपाली व्यवसायी भीमलाल खरेलको टोकियोको एक खोलामा डुवेर मुत्यु भएको छ। उनको मृत्यु रहस्यमय रहेको बताईएको छ।

शनिबार राती टोकियो मिनामी सिन्जु नजिकै रहेको रेष्टुरेन्ट पुगेर अाउछु भनेर हिडेका ५५ वर्षिय खरेलको शव स्थानिय आराकावा कु रिभरमा डुवेको अवस्थामा प्रहरीले फेला पारेको थियो। गुल्मी रुपाकोट हाल चन्द्रकोट गाउपालिका स्थायि घरभई विगत २४ वर्षयता जापानमा वस्दै आएका खरेलसंग शनिबार राती नौ बजेपछि परिवारको टेलिफोन सम्पर्क टुटेको थियो।

टोकियोमा फुलबारी रेष्टुरेन्ट नामको चारवटा रेष्टुरेन्ट संचालन गर्दै आएका खरेल एक रेष्टुरेन्टबाट अर्कोमा पुगेर आउने भन्दै घरबाट निस्किएका थिए। परिवार स्रोतका अनुसार राती अवेरसम्म पनि घर नआएका खरेलको बारेमा टोकियो प्रहरीले बिहीबार विहान मात्र परिवारको खोजी गरि जानकारी दिएको थियो।

खरेल निकट परिवारका एक सदस्यले दिएको जानकारी अनुसार उनको शरिरलाई प्रहरीले टोकियोको स्थानिय खोला आराकावा कुको एक किनारामा डुवेको अवस्थामा भेट्टाएको थियो। साथमा एक थान मोवाईल मात्र बोकेका खरेलले मोवाईलमा राखेको एक जापानी नागरिकको भिजिटिङ कार्ड मार्फत शव पहिचान गरि परिवारलाई जानकारी दिएको थियो।

घटना लगत्तै थप जानकारी लिन प्रहरी कार्यालय पुगेका परिवारजनलाई मृत्युको कारण भने अहिलेसम्म नभनेको परिवार स्रोतले जानकारी दियो। उनको साथमा पर्स र नगद नभेटिएकाले खरेलको मृत्यु रहस्यमय भएको हुनसक्ने बताईएको छ। खरेलको मृत्युको बारेमा टोकियो प्रहरीले तत्काल केही भन्न नसक्ने भन्दै केही समय मागेकोछ। उनको बारेमा थप जानकारी सीसी टिभी फुटेज समेत हेरेर जानकारी दिने आश्वासन दिएको छ।

एक छोरा चार छोरी तथा श्रीमती सहित जापानमा वस्दै आएका खरेल जापानमा नेपाली रेष्टुरेन्ट व्यवसायी मध्ये पुराना मानिन्छन। खरेलकैै सहायताले जापानमा थुप्रै गुल्मेलीहरुले जापानमा व्यवसायको सुरुवात गराएको बताईन्छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK