जापानमा भीमाको मुटुको शल्यक्रिया हुँदै

ENGLISH

NRN GLOBAL

जापानमा भीमाको मुटुको शल्यक्रिया हुँदै

22 June, 2016 | Sandeep Bhattarai | 1555 Views | comments

अब सहयोग रकम नउठाउन अपिल

bhimaनेपालबाट अध्ययनका लाग सन् २०१४ मा जापान आएकी भीमाकुमारी श्रेष्ठको मुटुको भल्भको बुधबार शल्यक्रिया हुँदैछ ।

विद्यार्थी भिषामा जापान पुगेकी ओखलढुङ्गा पोखरे–७ की भीमा गत वर्षदेखि नै मुटुको समस्या देखिए पनि गत साता मात्र अस्पतालले यथासक्य चाँडो भल्भ फेर्नुपर्ने र त्यसका लागि झण्डै पन्ध्र लाख येन आवश्यक पर्ने बताएको थियो ।उपचारका लागि आफू एक्लैले त्यत्रो रकम जुटाउन नसक्ने र पारिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै भीमाले जापानमा रहेका सामाजिक संस्था र प्रवासमा रहेका नेपाली दाजुभाईसँग आर्थिक सहयोगको अपिल गरेकी थिइन् ।

आफ्नो उपचारका लागि सहयोग गर्न जापानवासी नेपाली समुदायमा सार्वजनिक अपिल गरेकी भिमाको उपचारका लागि आवश्यक रकम सहयोगीहरुबाट जुटेपछि शल्यक्रिया हुन लागेको हो । त्यस्तै उनले आजका दिनबाट आफ्नो उपचारका लागि सहयोग नउठाउन पनि आग्रह गरेकी छिन् ।

भिमाको बुधवार जापानको नेरिमास्थित हिकारिगाओका अस्पतालमा मुटुको शल्यक्रिया हुँदैछ । अत्यन्त संबेदनशिल मानिने मुटुको शल्यक्रियापछि भिमाले केही समय सघन कक्षमा रहेर नियमित उपचार र चेकजाँच गर्नुपर्ने हिकारिगाकोआ अस्पतालले जनाएको छ ।

उनको हेरचाहका लागि परिवारका सदस्य जापान आउँन लागेको पनि भीमाले बताएकी छिन् । यस्तै उनले आफूलाई जिन्दगीभर भुल्नै नसक्ने गरी गुन लगाउने सहयोगीको नामावली आफनो शल्यक्रियापछि सार्वजनिक गर्ने समेत बताइन ।

यो पनि हेर्नुस – भिमाको उपचारको लागि कोरियामा संकलित रकम जापान पठाइयो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK