जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस भव्य रुपमा मनाईएको छ।
जापानका विभिन्न विशिष्ठ मन्त्रीहरु समेतको सहभागितामा भएको कार्यक्रममा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले नेपालको संविधान निमार्ण पश्चात मुलुक विकासको गतिमा हिडेको धारणा राख्नु भएको थियो। नयाँ संविधान जारी भएपछि मुलुकमा शान्ति तथा अमनचयन सहित विकासका योजनाहरुले प्राथमिकताका आधारमा काम सुचारु गर्न थालेको सो अवसरमा जानकारी गराउनु भएको थियो।
सोही अवसरमा जापान सरकारले नेपाल सरकार तथा नेपालीहरुलाई निरन्तर रुपमा गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।जापान सरकार परराष्ट्र मन्त्रालय संसदिय उपमन्त्री ईवाओ होरीले नेपाल जापान सम्वन्ध सदिऔ देखि सुमधुर रहदै आएको स्मरण गराउदै सामाजिक र आर्थिक विकासका लागि जापानले निरन्तर सहयोग गर्ने जानकारी दिनुभयो।
समारोहमा जापानका वातावरण राज्यमन्त्री तादाहिको ईतोको सुभकामना सन्देश सोही मन्त्रालयका उपमहानिर्देशक योसीहिरो यामाताले पढेर सुनाउनु भएको थियो। टोकियो होटल ओकुरामा आयोजना गरिएको कार्यक्रममा जापानका व्यवस्थापिका संसदहरु, जापान परराष्ट्र मन्त्रालयका शिष्टचार महापाल, विभिन्न मन्त्रालयका पदाधिकारीहरु टोकियोमा रहेका सार्क राष्ट्र सहित विभिन्न मुलुकका राजदूतहरुको सहभागिता रहेको थियो।
यस्तै जापानका उद्यमी, व्यवसायी तथा पर्यटनसंग समन्धित व्यक्तित्व सहित गैरआवासीय नेपाली संघ एनआरएनएका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो।
उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण नगर्ने घोषणा गरेको...
नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको...
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार भएको खेलमा वाट्सनको...
राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र...
नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...
हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...
विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...