जापानमा निधन भएका मगरको दाहसंस्कारको लागी आर्थिक सहयोग गर्न जापानवासी नेपालीमा अनुरोध

ENGLISH

NRN GLOBAL

जापानमा निधन भएका मगरको दाहसंस्कारको लागी आर्थिक सहयोग गर्न जापानवासी नेपालीमा अनुरोध

21 September, 2016 | Sandeep Bhattarai | 1220 Views | comments

शिवराज रोका मगर

गत आइतबार जापानमा निधन भएका शिवराज रोका मगरको दाहसंस्कारको लागी आर्थिक सहयोग गर्न जापानवासी नेपालीमा संयुक्त अनुरोध गरिएको छ ।

गत आइतबार १८ सेप्टेम्बरमा असामाहिक निधन हुनु भएको रोल्पा मिरुल गाविस ३ सवरी स्थायी घर भई हाल टोक्यो फुकुसी दाइगाक्कोउमा अध्ययनरत स्वर्गीय शिवराज रोकामगर प्रति जापानवासी सम्पूर्ण नेपालीको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै एनआरएनए जापानको पहल कदमिमा मगर सङ्घ जापान, नेपाल जापान विद्यार्थी र राप्ती समाज जापानको समन्वयमा आर्थिक सङ्कलन तथा दाह संस्कार समिति तय गरेर उक्त अनुरोध गरिएको हो ।

यस अभियानमा साथ दिनु हुन नेपाली राजदूतावास जापान , जापानमा रहेका विभिन्न संघसंस्थाहरू, विभिन्न पार्टीका भातृ संघसंगठनहरू, विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरू तथा सम्पूर्ण जापानवासी नेपालिहरुमा यस आर्थिक सङ्कलन तथा दाह संस्कार समितिको तर्फबाट आफूले सक्दो सहयोगको लागी विनम्र अनुरोध पनि संस्थाहरूले गरेका छन् । सहयोग रकम मगर सङ्घ जापानको पोस्ट बैङ्कको खाता नम्बर १००९०-०७८६०९३१  मा जम्मा गर्न वा यस समितिलाई भेटेर सहयोग गर्न सकिने बताइएको छ ।

जापानमा उपचारका क्रममा एक नेपाली विद्यार्थीको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK