जापानमा “गोल्डेन विक सांगीतिक रमझम २०१७” सम्पन्न

ENGLISH

NRN GLOBAL

जापानमा “गोल्डेन विक सांगीतिक रमझम २०१७” सम्पन्न

4 May, 2017 | Bipin Acharya | 855 Views | comments

निसान राना । नेपाल मगर संघ जापानको आयोजनामा भएको “गोल्डेन विक सांगीतिक रमझम २०१७” भव्य रुपले सम्पन्न भएको छ ।
जापानको टोयोटा शहरमा आयोजित उक्त कार्यक्रममा अमेरीकाबाट आमन्त्रित लोकदोहोरी गायक सुमन बुढा मगरको साथमा जापानमा रहेका चर्चित नेपाली कलाकारहरूको प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।

गायक सुमन बुढा मगर पोईल जान पाम शिव भन्नेलाई मैले ल्याउन पाम… भन्दै स्टेज तत्ताउँदै गर्दा दर्शकदीर्घामा रहेका युवायुवतीदेखि बुढापाकासम्मलाई रोमाञ्चित गराएका थिए ।

त्यस्तै गायक सरोज लामा, भुवन सिं थापा मगर, श्याम शितल श्रेष्ठ, कर्मदोङ तामाङ, राजीव लामा, लगायतले पनि निक्कै माहौल तताएका थिए । त्यस्तै मिरा दर्लामी मगर, सिता मगर, पूनम पुन , माया थापा पुन, माया मगर लगायतले नृत्य प्रस्तुत गरे । गायिका लक्ष्मी थिङ् र शर्मीला शेर्पुजाले पनि मिठो गीत सुनाए ।

यसअघि संघका अध्यक्ष तथा कार्यक्रमका सभापति गंगा घर्ती मगरले यो कार्यक्रम पैसा कमाउँने नियतले आयोजना गरिएको नभएर गोल्डेन विक विदामा सँधै नेपाल मगर संघ जापानले गर्दै आएको कार्यक्रमलाई स्थायित्व दिन आयोजना गरिएको बताउनुभयो ।

उहाँले कार्यक्रमलाई विभिन्न तवरले सफल बनाउँन मद्दत गर्नुहुने कलाकार, पत्रकार, विभिन्न संघ संस्थाहरू, प्रायोजकहरू, कार्यसमिति र सबैलाई धन्यवाद दिनुभयो ।

आदिवासी जनजाति महासंघ जापानका सहअध्यक्ष कान्छा शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आगन्तुकहरुलाई वरिष्ठ उपाध्यक्ष धनकुमार बुढा मगरले स्वागत गर्नुभएको थियो भने उद्घाटन कार्यक्रम संघका महासचिव लक्ष्मण घर्ती मगरले सांगीतिक कार्यक्रम संचालन संघका साँस्कृतिक प्रमुख रुपलाल बुढा मगरले गर्नुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK