जापानबाट बाढी प्रभावितलाई घर बनाउन सहयोग

ENGLISH

NRN GLOBAL

जापानबाट बाढी प्रभावितलाई घर बनाउन सहयोग

29 October, 2017 | Sandeep Bhattarai | 1865 Views | comments

 

सहयोग

पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ का बाढी प्रभावितका घर निर्माणका लागि जापानबाट रु चार लाख सहयोग प्राप्त भएको छ ।

जापानमा बस्ने नेपालीबाट संकलन गरी चितवन समाज जापानले शनिबार यहाँ एक कार्यक्रमबीच सो रकम हस्तान्तरण गरेको हो । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा भएको कार्यक्रममा यहाँका १० घर बाढी प्रभावितको घर निर्माणका लागि रु चार लाख सहयोग भएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले विदेशमा रगत र पसिना बगाएर कमाएको रकमबाट केही कटाएर बाढीपीडितलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति, नेपालका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले पहिलो चरणको सहयोग कार्यक्रमअन्तर्गत यहाँका १० घरलाई जापानबाट आएको सहयोग हस्तान्तरण गरेको बताउँदै अर्काे चरणमा अन्य देशबाट संकलित रकम दक्षिण चितवनको माडीका बाढी प्रभावितहरुलाई सहयोग गर्ने जानकारी दिनुभयो ।

गएको साउन २८ गते आएको बाढीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १३, २३, २७ र २८ मा बढी क्षति पुर्याएको महानगरपालिकाले जनाएको छ ।

यहाँका बुद्धिराज महत्तो, तारा महत्तो, सीताराम महत्तो, उजेली कुमाल, श्याम कुमाल, विजय परियार, पूर्णाखर काफ्ले, तेज महत्तो, जीवन महत्तो र यमराज महत्तोको घर बाढीले क्षति पुर्याएको थियो । सो रकम उनीहरुकै घर निर्माणमा खर्च गरिने छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष गोविन्द तामाङले प्राप्त सहयोगको सहि सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा चितवन समाज जापानका अध्यक्ष राजन श्रेष्ठले आगामी दिनमा समेत सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।

बाढीपीडितलाई जापानबाट आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK