जापानबाट बाढी पहिरो पीडितलाई आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

जापानबाट बाढी पहिरो पीडितलाई आर्थिक सहयोग

16 August, 2017 | Sandeep Bhattarai | 2630 Views | comments

जापान

लगातारको बर्षातका कारण बाढी र पहिरोबाट घरबार गुमाएर बिचल्लीमा परेका तराईका बासिन्दालाई राहत दिलाउन जापानका एक दर्जन सङ्घसंस्था सक्रिय भएका छन् ।

लगातारको वर्षात्पछि आएको बाढीका कारण दर्जनौँ व्यक्तिको मृत्यु र दर्जनौँ बेपत्ता तथा घरबार गुमाएका पीडितलाई राहत दिलाउने अभियानमा गैरआवासीय नेपाली सङ्घको क्षेत्रीय समितिसहितका सङ्घसंस्था सक्रिय भएका हुन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय समितिले आइतबार दिनभर सदस्यहरुबाट संकलन गरेको दुई लाख ३१ हजार १५३ जापानी येन सोमबार नेपाल पठाएको छ ।

सङ्घका कान्तो संयोजक नवीन निउरेका अनुसार धुर्मुस–सुन्तलीले शुरु गरेको ‘विपत्मा सबै नेपाली जुटौँ, अनिवार्य मानवता र सद्भावका लागि सहकार्य’ भन्ने अभियानमार्फत पीडितलाई संकलित राहत रकम पठाइएको हो ।

राहत संकलनका लागि गैरआवासीय नेपाली सङ्घ गुम्मा क्षेत्रको आपत्कालीन बैठक बसिरहेको छ । गुम्माको ओइजुमी सहरमा बसेको बैठकमा पीडितलाई तत्काल राहत दिलाउनेबारे छलफल भइरहेको बैठकमा सहभागी नीरज गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै, संसारभर रकम पठाउने कारोबार गर्दै आएको सिटी मनी एक्सप्रेस ट्रान्सफर र नेपाली विद्यार्थी समाज, जापानले पनि पीडितका लागि राहत संकलन कार्यलाई तीव्रता दिएका छन् । राहत अभियानमा सहयोग गर्ने भन्दै सिटीगु्रपले एक लाख जापानी येन र सिटी मनि एक्सप्रेस ट्राभलका तर्फबाट कार्यरत कर्मचारीले छुट्टाछुट्टैरुपमा ५० हजार जापानी येन छुट्याएका छन् ।

यसैगरी, नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्चले बाढीपीडितका लागि राहत संकलन अभियान चलाएका छन् । मञ्चका सुजन पन्तले एउटा नेपालीलाई समस्या पर्दा विदेशमा रहेका नेपाली टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै पीडितलाई तत्काल राहत दिलाउने गरी नगद तथा जिन्सी संकलन कार्यलाई तीव्रता दिएको बताउनुभयो ।

चितवन समाज, जापानले पनि पीडितका लागि राहत संकलन कार्य थालेको जनाएको छ । समाजका अध्यक्ष राजनकुमार श्रेष्ठले पीडितलाई थोरै भएपनि मलम लगाउनमात्र पुगे पनि राहत हुने भन्दै समाजका सबै कार्यसमिति सदस्य र जापानवासी नेपालीलाई राहत संकलन अभियानमा सहकार्य गर्न लागेको बताउनुभयो ।

यसैगरी, गल्कोट समाज, जापानले बाढीपीडितलाई सघाउन भन्दै तीजमा उठेको सम्पूर्ण रकम प्रदान गरिने जनाएको छ । पीडितलाई राहत दिलाउने भन्दै भदौ ७ का दिन कामाताको इकेगामी खाइकानमा हरितालिका तीज आयोजना गरेको समाजले मनोरञ्जनका लागि आउने महिला तथा पुरुषबाट उठेको रकम पीडितलाई बुझाउने भएको हो ।

पीडितलाई राहत दिलाउने भन्दै पूर्वी नेपाल विकास सहकार्य केन्द्रले जापानभर चारदिने अभियान चलाएको छ । रोजगार अध्ययन तथा व्यावसायिक उद्देश्यले पूर्वी नेपालका १४ जिल्लाबाट जापान आएकाहरुले खोलेको यो केन्द्रका दुई हजारभन्दा बढी सदस्य रहेका छन् ।

त्यस्तै, नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति, जापानले एक विज्ञप्तिमार्फत प्रजातन्त्रवादी सम्पूर्ण नेपालीलाई बाढीपीडितलाई राहत दिलाउने अभियानमा सहकार्यका लागि अनुरोध गरेको छ ।

अस्ट्रेलियाका शाह दम्पतिद्वारा छोरीको पास्नीको खर्च बाढी पहिरो पीडितलाई

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

गोपी

चैत १५ मा रिलिज हुने भनिएको फिल्म ‘गोपी’ अब माघ १८ मै रिलिज हुने

यसअघि चैत १५ मा रिलिज हुने भनिएको फिल्म ‘गोपी’...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK