जापानको ‘युथ लिडर अवार्ड’ बाट जिज्ञानकुमार थापा सम्मानित हुँदै

ENGLISH

NRN GLOBAL

जापानको ‘युथ लिडर अवार्ड’ बाट जिज्ञानकुमार थापा सम्मानित हुँदै

19 January, 2017 | Sandeep Bhattarai | 1500 Views | comments

जिज्ञानकुमार थापा

जापानमा नेपाली युवाहरुले केवल श्रम मात्र बेच्दैनन्, त्यहाँको सामाजिक काममा समेत उत्कृष्ट सेवा प्रदान गर्दै नेपाल र नेपालीको प्रतिष्ठा उच्च बनाएका छन् । यसरी नेपालीको नाम उच्च गर्नेमा पर्दछन् सामाजिक व्यक्तित्व जिज्ञानकुमार थापा ।

थापाले जापान सरकारले विगत ७ वर्षदेखि प्रदान गर्दै आएको युवा नेतृत्व पुरस्कार प्राप्त गरेका छन् । यो पुरस्कार आउँदो फेब्रुरी २१ तारिखमा पदान गरिने छ ।समाचार अनुसार यसअघि जापानी नागरिकले मात्रै पाउँदै आएको यो पुरस्कार पहिलो पटक विदेशी नागरिकलाई प्रदान गरिदैछ । त्यसमा पनि एक नेपाली युवाले प्राप्त गर्ने भएपछि जापानबासी नेपालीहरुमा खुसी छाएको छ ।

यो पुरस्कार हरेक वर्ष जापान सरकारले सामाजिक काममा योगदान गरे वापत दिइन्छ । ‘युथ लिडर अवार्ड’ नाम दिइएको यो पुरस्कार जापानलाई अन्तर्राष्ट्रियकरण गर्न तथा गैरसरकारी संस्था मार्फत सामाजिक कार्यमा योगदान दिएको भन्दै जापान सरकारले यस वर्षको युथ अवार्ड दिने निर्णय गरेको हो । यस वर्षको युवा नेतृत्व पुरस्कार थापा संगै ४ जना जापानीले पनि पाउँदै छन् ।

सन् २००० मा जापान आएका थापा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका हाल सल्लाहकार छन् । उनी जापान सरकारका तर्फबाट नेपालको बारेमा जानकार विज्ञको रुपमा कार्यरत छन् ।

आफूलाई युथ लिडर अवार्ड दिने घोषणा भएपछि थापाले फेसबुकमार्फत खुसी व्यक्त गर्दै ‘फेब्रुअरी २१ तारिक रोप्पोन्गि हिल्समा फेरि एक पटक ढाका टोपी र नेपाली झन्डा फहराइने छ’ भनेका छन् ।थापाले कार्यक्रममा आफूलाई सहयोग र समर्थन गर्ने सबै नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन आग्रह समेत गरेका छन् ।

जापानमा नेपाली युवाले जिते ११ लाख राशीको वक्तृत्वकला उपाधी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK