जापानका लागानीकर्ताहरुलाई नेपालमा लगानी गर्न थापाको आव्हान

ENGLISH

NRN GLOBAL

जापानका लागानीकर्ताहरुलाई नेपालमा लगानी गर्न थापाको आव्हान

नेपालको विकासमा जापानको महत्वपूर्ण योगदान: थापा

27 September, 2016 | Sandeep Bhattarai | 860 Views | comments

राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधान तथा परराष्टमन्त्री कमल थापाले जापानका लागानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आव्हान गर्नुभएको छ ।

नेपालको विकासमा जापानको महत्वपूर्ण योगदान: थापा

अहिले नेपाल सुरक्षित छ, तपाईहरु ढुक्क भएर लगानी गर्न सक्नु हुन्छ, उहाँले भन्नुभयो । जापानको इवाते प्रिफेक्चरका गर्भनर ताकुया तासुको निमन्त्रणमा गत शनिवार जापान आउनु भएका थापाले नेपाल जापान कुटनितिक सम्बन्धको ६० औ बर्ष पुरा भएको अवसरमा आयोजित विशेष कार्यक्रमलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने क्रममा उहाँले उक्त विचार राख्नु भएको हो ।

थापाले आफ्नो सम्बोधनको क्रममा विशेषगरी गत बर्ष नेपालमा गएको महाभुकम्प, त्यसको प्रभाव र त्यसपछि पुर्ननिर्माणको अवस्था, देशको वर्तमान राजनीतिक परिस्थिति तथा नेपाल जापान मैत्री सम्बन्धको बिषयमा प्रकाश पार्नु भएको थियो । महाभुकम्पपछि जापानले तत्काल नेपाललाई गरको भौतिक तथा आर्थिक सहयोगको चर्चा गर्दै उहाँले नेपालको आर्थिक विकास बर्षौदेखि जापानको महत्वपूर्ण भूमिका रहको उल्लेख गर्नुभयो । जापानले महाभुकम्प पछि नेपाललाई पुर्याएको योगदान प्रति कृतज्ञता प्रकट गर्दै जापान सरकार र सम्पूर्ण जापानीजहरुलाई धन्यवाद दिनुभएको थियो ।

उहाँले सदियौं देखि नेपाल जापानबीच प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै आफ्नो भम्रणले दुई देशबीचको आपसी सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास गर्नुभयो । उहाँले जापनमा पनि विभिन्न समयमा भुकम्प र सुनामीका कारण भएको प्राकृतिक क्षति प्रति आफूहरु पनि उक्तिकै चिन्तित रहेको बताउदै त्यो प्रभावित क्षेत्रमा पुगेर पुर्न निर्माण र विकासलाई हेर्ने र सिक्ने मौका यो भम्रणमा पाएको जानकारी दिनु भयो । उहाँले प्राकृतिक क्षतिपछि जापानले जति छिटो पुर्न निर्माण गर्न सफल हुन्छ त्यसरी हामीले नसके पनि विस्तारै पुर्ननिर्माणको कार्य अगाडी बढेको जनाउनु भयो । कार्यक्रममा जापानीज व्यवसायी, विशिष्ट व्यक्तित्व तथा जापानीज नागरिकहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

सोहि कार्यक्रममा सहभागी नेपाली तथा जापानीज विद्यार्थीहरुले राखेका विभिन्न जिज्ञासाहरुलाई पनि प्रमुख अतिथि थापाले सम्बोधन गर्नुभएको थियो । यसअघि थापाले इवाते गर्भनर ताकुया तासो र इवाते इन्टरनेशनलका अध्यक्ष केनिचि हिरामायासँग शिष्टाचार भेट गर्नुभएको थियो । भेटमा उनिहरुले नेपाललाई हर प्रकारको सहयोग गर्न आफूहरु तत्पर रहेको जनाएका थिए । यसअघि उहाँले गत आईतबार जापानमा सक्रिय राप्रपा नेपालको भातृ संस्था प्रवासी नेपाली संगठन (ओनो) जापानको छैठौं अधिवेशनलाई प्रमुख अतिथिको रुपमा टोकियोमा सम्बोधन गर्नु भएको थियो । सो अवसरमा उहाँले नेपालको आर्थिक विकासको लागि प्रवासमा रहेका ५० लाख भन्दा बढि नेपालीहरुको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आफूले सिकेको सिपलाई नेपालमा भित्र्याउन र देश निर्माणमा हातेमालो गर्न अपिल गर्नु भएको थियो ।

उहाँले विदेशमा बस्ने नेपालीहरुले अझ बढि नेपालको राजनीतिक अवस्था र देशप्रति चासो र चिन्ता राखेको आफूले महशुस गरेको उल्लेख गर्नुभयो । प्रवासी नेपालीहरुको उत्साहजनक सहभागीता रहेको सो कार्यक्रममा थापाले राप्रपा नेपालले आफ्ना मुख्य एजेण्डाहरु हिन्दुराष्ट र संवैधानिक राजतन्त्रको बिषयमा पार्टी पछि नहट्ने अडान राख्नुभयो । उहाँले कुनै पनि देशको धर्म संस्कृति, इतिहास र धरोहरहरुको नष्ट गरेर राष्ट कहिल्यै समृद्ध नहुने बताउनु भयो । थापासँगै राप्रपा नेपाल महिला संगठन सल्लाहकार प्रलीता थापा, केन्द्रिय सदस्यद्धय प्रेम कुमार श्रेष्ठ, राजाराम बर्तौला र प्रवास विभाग प्रमुख विजय खड्का सहितको टिम जापान आएको थियो । ओनो जापानका अध्यक्ष रघुदिप खड्काको सभापतित्वमा सम्पन्न सो अधिवेशनले चन्द्र उपाध्यायको अध्यक्षतामा २३ सदस्यिय कार्यसमिति निर्वाचित गरेको छ । ५ दिने जापान भम्रण र भेटघाट पछि सो टोली शुक्रबार नेपाल फिर्ता हुने कार्यक्रम छ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा जापान आउदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK