जापानका नेपालीले तिहार मनाए

ENGLISH

NRN GLOBAL

जापानका नेपालीले तिहार मनाए

22 October, 2017 | Sandeep Bhattarai | 1155 Views | comments

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र दिगो शान्तिको कामना गर्दै जापानका नेपाली एकत्रित भएर टीका थापेका छन् ।

दिदीबहिनीले दाजुभाइप्रति निष्ठा र दिर्घायुको आशिष तथा दाजुभाइले सक्दो दानदक्षिणा गरी दाइभाइ र दिदीबहिनी बनेर यहा“का नेपालीले विविधतामा एकताको सन्देश दिएका हुन् ।

टोकियोका धेरै स्थानमा समूह बनाएर सामूहिकरुपमा खेलेको देउसी भैलोमा तडक भडक र बढ्दो विकृति हटाउन हालैका दिनमा बढ्दो साउण्ड स्पिकरको प्रयोग गरेनन् । हरेकका हातमा हुने मोबाइल पनि नबजाएका उनीहरुले परम्परागत महत्व झल्काउन एकापसमा को कहा“बाट आएको र के जात हो भनेर कसैले सोधेनन् । जानेको नेपाली कला संस्कार प्रस्तुत गरी देशमा दिगो शान्तिको कामना गरेका छन् ।

एकताको सन्देश दिन नचिनेको र टाढाको सम्बन्धलाई एकापसमा टीका लगाएर नजिक बनाउने प्रयास गरिएको योपटकको भाइटीका साइत अबेर भएकाले धेरैले जापानी समयअनुसार ३ बजेपछि लगाए । बढ्दो नेपालीको उपस्थितिसँगै ओशाका, नागोया, फुकुओकालगायतका स्थानका नेपालीले पञ्चाङ्ग निर्णायक समितिको साइत भन्दै ११ बजेर ५१ मिनेटको शुभकार्यलाई जापानी समयअनुसार ३ बजेर ५ मिनेटमा टीका लगाएका हुन् ।

कतिपयले बेलुका कामबाट निस्केर दिदीबहिनी भएको स्थानमा गएर टीका लगाएको र देउसी भैलोमा प्राप्त गरेको दक्षिणासहितका दृष्य सामाजिक सञ्जालमा अपलोड गरेका थिए । कुकुरलाई माला लगाएर तिहार भित्र्याएका यहा“का नेपालीले नेपालमा जस्तै सेलरोटी, फिनी, लड्डु, रसबरीलगायतका मीठा परिकार बनाएको र मादल, गितारमा भटाएर नाचेको परम्परागत देउसी भैलोमा जापानी नागरिक उत्साहित भएका थिए ।

तिहारलाई लक्षित सप्तरंगी फूल, टीका, माला र मीठा परिकार बाहिरै बिक्रीका लागि राखिएका पसलमा जापानीसँगै अन्य विदेशी पनि किन्न पुगेका दृष्य अनौठा थिए । शुक्रबार चितवन समाजले टोकियोको सिनओकुबोमा शुरु भएको देउसी भैलो कार्यक्रममा बाक्लो उपस्थिति थियो ।

तिहारको अवसर पारेर जापानमा सामुहिक टिका

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK