जानी-जानी आफ्नो श्रीमतीको अनुहार कुरुप पारिदिन्छन पुरुष

ENGLISH

WORLD

जानी-जानी आफ्नो श्रीमतीको अनुहार कुरुप पारिदिन्छन पुरुष

28 January, 2017 | Bhawana Pathak | 875 Views | comments

पृथ्वीको एउटा कुनामा यस्ता मानिसहरु पनि छन् जो आफ्नी श्रीमतीलाई जानाजान कुरुप बनाइदिन्छन् । यो वर्षौंदेखि चलिआएको चलन हो । यसको कारण भने गम्भीर छ ।

birup-aaimai

कुरा हो म्यानमारका मगन, चीन र मुन जातिको । यस जातिका पुरुषहरु आफ्ना अर्धांगिनीलाई कुरुप बनाउन उनीहरुको अनुहारमा पिडादायी र खतरनाक टाटु खोपिदिन्छन् । यस्तो टाटुको मसी सुँगुर र गाईको बोसो, मोसो र वनस्पतीबाट बनाइएको हुन्छ । टाटु खोप्नका लागि बाँस वा सिंगको प्रयोग गरिन्छ । टाटु बनाउन पूरा एक दिन लाग्छ ।

टाटु खोप्दा महिलाहरुलाई निकै पीडा हुन्छ । टाटुका कारणले कयौं महिलाहरु संक्रमणको शिकार पनि हुन्छन् । घन्टौंसम्म उनीहरुको अनुहारबाट रगत बग्छ । तर पतिहरुले कुनै दया देखाउदैनन् ।

खासमा महिलाहरुकै संरक्षणका लागि यसरी टाटु खोपाउने चलन चलेको हो । जब म्यानमारमा राजाले शासन गर्थे, त्यतिबेला उनीहरु जनताका सुन्दर श्रीमतीलाई छानी-छानी आफ्नो गुलाम बनाएर राख्थे । आफ्नी श्रीमतीलाई राजाको आँखा नलागोस भन्ने सबै पुरुषहरु चाहन्थे । त्यसैले श्रीमतीको अनुहार बिरुप पार्न टाटु खोप्ने चलन चल्यो ।

पछि यो चलनले फेसनको रुप लियो । राजाको शासन समाप्त भएपछि पछि पनि टाटु खोपाउने चलन कायमै रह्यो । पुरुषहरुले आफ्ना श्रीमतीलाई टाटुमै सुन्दर देख्न थाले । यो चलन हटाउनलाई म्यानमारको सेनाले चाँडै कदम चाल्ने भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK