जानकी मन्दिरबाट सुरु भएको मोदीको पूजा-आजा पशुपतिमा आएर सम्पन्न

ENGLISH

POLITICS

जानकी मन्दिरबाट सुरु भएको मोदीको पूजा-आजा पशुपतिमा आएर सम्पन्न

12 May, 2018 | Sandeep Bhattarai | 2875 Views | comments

मोदीको पूजा पशुपतिमा

जानकी मन्दिरबाट सुरु भएको मोदीको पूजा-आजा पशुपतिमा आएर सम्पन्न भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथको दर्शन गरेर फर्किएपछि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका हुन् । जोमसोम पछि हेलिकप्टरबाट काठमाडौँ फर्किएका मोदी त्रिभुवन विमानस्थलबाट सिधै पशुपति पुगेका थिए ।

मोदीको पूजा पशुपतिमा

नेपालको दुई दिने राजकीय भ्रमणका लागि शुक्रबार नेपाल आइपुगेका मोदीले शनिबार बिहान विशेष पूजा–अर्चना गरेका हुन् ।मोदीलाई पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पशुपति विकास कोषका पदाधिकारीलगायतले स्वागत गरे । मोदी निर्धारित समयभन्दा १ घण्टा ढिलो पशुपति पुगेका थिए । अब लन्चको लागि मोदी हायात होटल जाने र त्यहाँ केहि बेरको बसाई पछि काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रममा सरिक हुनेछन् । राष्ट्रियसभा गृहमा हुने कार्यक्रम सकाएर मोदी स्वदेश प्रस्थान गर्नेछन् ।

मोदीको पूजा पशुपतिमा

यसअघी मोदी शनिबार विहान मुक्तिनाथमा पूजा गरेका थिए । प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए । भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरेका थिए । त्यस अवसरमा मोदीलाई बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष र जिल्ला समन्वय समितिका सभापतिले कालीगण्डकी नदीको शालिग्राम उपहार दिएका थिए ।मुक्तिनाथको दर्शन पछि मोदी जोमसोम पुगेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा...

“नालीना एकल साङ्गितिक साँझ” अब पोर्चुगलमा

दुई दशक पहिलेकी चर्चित नेपाली पप गायिका नलीना चित्रकार...

भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको अन्त्येष्टि आज अपरान्ह ४ बजे गरिने

तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल विहारी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK