जहाँ पुगेन कोही त्यहाँ पुग्यो HAPPS

ENGLISH

जहाँ पुगेन कोही त्यहाँ पुग्यो HAPPS

18 September, 2015 | Sandeep Bhattarai | 390 Views | comments

शिक्षा, सचेतना र सीप विकासका माध्यमबाट नेपालमा शान्ति, सम्बृद्धी र दिगो विकास प्रर्वद्धनमा काम गरिरहेको युवा गैरसरकारी संस्था HAPPS ले राष्ट्रिय बालदिवसको अवसर पारी भुकम्पबाट पिडित, अतिविपन्न दलित,जनजाति तथा जेहेन्दार १७८ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

haps

गत वैशाख १२ र २९ को विनासकारी महाभुकम्पबाट भौतिक र मानसिक रुपमा प्रभावित भएका बालबालिकाहरुलाई हौसला प्रदान गर्देै शैक्षिक विकासमा सहयोग पुर्याउने उदेश्यका साथ ५२ औँ राष्ट्रिय बालदिवसको अवसर पारी धादिङ मैदी स्थित कालिका काप्राभञ्ज्याङ निमाविमा विद्यालय संगको सहकार्यबाट १७८ जना अतिविपन्न, दलित,जनजाति तथा जेहन्दार, बालबालीकाहरुलाई झोला, कापी, कलम, पेन्सिल, कटर, ईरेजर लगाएतका शैक्षिक सामाग्री ह्याप्स द्धारा वितरण गरिएको छ ।

धादिङको मैदी गाविस वडा नं ८ मा रहेको कालिका काप्राभञ्याङ निमाविमा आयोजित उक्त कार्यक्रममा बोल्दै मैदी गाउँ विकास समितीकी साहयक कमला कार्कीले आफनो गाविसमा डलरको खेती गर्ने, काम नगर्ने र आफ्नै दुनो सोज्याउने भन्दा पनि वास्तविक पिडित, लक्षीत वर्गमा पुग्ने गरी काम गर्ने संस्थाको खाँचो रहेको र त्यो काम हयाप्सले गरेको वताउनु भयो । त्यस्तै स्थानिय राजनितिक दलहरु नेपाली काँग्रेस गाउँ सभापति रणबहादुर शाही, नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष भानुभक्त दुवाडी, नेपाल रेडक्रस सोसाईटी मैदीका उपसभापति टंक प्रसाद दुवाडी लगाएतले हयाप्सले गरेको कामको प्रसंसा गर्दे मैदीमा भावि दिनहरुमा पनि यस संस्थाको उपस्थिती खाँचो रहेको बताउनु भयो ।

रात्रि समय हिलाम्मे कच्ची पहाडी बाटो त्यसमा पनि ट्रकको यात्रा कठिन भएता पनि मैदी वासीको स्वागत, आथित्यता र मायाले गर्दा दीर्घकालिन सोचका साथ अघि बडेको युवा द्धारा सञ्चालित यस संस्थालाई थप हौसला र प्रेरणा मिलेको संस्थाका अध्यक्ष बासुदेव खनालले बताउनु भयो ।

अतिविपन्न दलित तथा जनजाति ले मात्र अध्ययन गर्ने जिल्लाको एक मात्र विद्यालय कालिका काप्राभञ्ज्याङ निमावि भुकम्पले गर्दा भवन पनि भत्किएको तथा ४ जना शिक्षकको मात्र कोटा रहेको उक्त विद्यालयमा आधा आधा तलबले ६ जना शिक्षकहरु कार्यरत भएको र जसोतसो चलाईरहेको अनि कुनै संघ संस्था आज सम्म त्यहाँ नपुगेको तर हयाप्सले त्यस विद्यालयमा पुगी कार्यक्रम गरेकोमा आफुहरुमा हर्षको सीमा नरहेको विद्यालयकी प्रध्यानाध्यापक मनमायाँ लोप्पाले बताउनु भयो ।

सोही अवसरमा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम र तीज विशेष कार्यक्रम पनि प्रस्तुत गरेका थिए भने संस्थाका सचिव तथा कलाकार कुशल अर्यालले विभिन्न चेतनामुलक गीत–संगित सहित मनोरञ्जनात्मक शैलिमा कार्यक्रम सञ्चालन गरी कार्यक्रमलाई आकर्षक र प्रभावकारी बनाएका थिए । उक्त कार्यक्रम आयोजना गर्न जापान, सेन्दाई स्थित ह्याप्स प्रतिनिधि विरेन्द्र चलाउनेले टोकियो नेपोरिटन होटलको सहयोगमा एक अभियान चलाएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK