जस्टिन बिबरले हेला गरे भारतीय दर्शकलाई

ENGLISH

ENTERTAINMENT

जस्टिन बिबरले हेला गरे भारतीय दर्शकलाई

13 May, 2017 | Bhawana Pathak | 745 Views | comments

क्यानाडेली पपस्टार जस्टिन बीबरको विषयमा भारतमा निकै चर्चा थियो । उनी कन्सर्टका लागि पहिलो पटक भारत गएका थिए । उनी भारतमा नआउन्जेल मिडियाहरुले उनीसँग सम्बन्धित विभिन्न चर्चा परिचर्चा गरिरहे । उनका सकारात्मक कुराहरु धेरैजसो सार्वजनिक भए तर उनी भारतबाट निस्किएलगत्तै उनका नकारात्मक कुराहरु धेरै बाहिरिनि थाले । उनीसँग दर्शकहरु पनि निकै रुष्ट भएको बताइएको छ ।

मुम्बईको डीवाई पाटिल स्टेडियम ५६ हजार मानिसहरुले खचाखच भरिएका थिए । बीबरलाई सुन्नका लागि आलिया भट्ट, सोनाली बेन्द्रे, मलाइका अरोडा र श्रीदेवी पनि पुगेका थिए ।यो भीड बीबरलाई सुन्न र हेर्नका लागि आतुर थिए । उनलाई सुन्न र हेर्नका लागि भारतीय प्रशंसकले पाँच हजारदेखि ७५ हजार भारुसम्म खर्च गरेका थिए ।

बीबरले कन्सर्टमा नगाइकनै लिप सिंकिंग गरेको प्रशंसकले आरोप लगाएका छन् । आरोप अनुसार उनले लिप सिंकिंगलाई लुकाउने प्रयाससमेत गरेनन् । यहाँसम्म कि उनी गीतको बिचमा नै रुमालले मुख छोपिरहेको देखे । स्टेजमा उनलाई हेर्दा नै यी कुराहरु स्पष्ट रुपमा देख्न सकिन्थ्यो ।

मानिसहरुले सोसल मिडियामा आपत्ति जनाउँदै कार्यक्रम अत्यन्त भावहीन भएको आरोप लगाए । थुप्रै मानिसले बीबरले भारतीय कार्यक्रमका लागि माफी माग्नुपर्ने माग गरेका छन् ।

भारत सवा अर्बभन्दा बढी जनसंख्या भएको देश हो तर पनि त्यहाँ ग्लोबल मेगास्टारको प्रस्तुती शुन्यको बराबर छ ।यस्तो अवस्थामा जस्टिन बीबर आउने भनेपछि भारतीय निकै उत्साहित थिए । यद्यपी, उक्त उत्साह धेरैबेरसम्म टिक्न सकेन । बीबरका थुप्रै प्रशंसकले सोसल मिडियामार्फता आफ्नो निराशा सार्वजनिक गरेका छन् ।

थुप्रै मानिसले बीबरलाई हेर्न र सुन्नका लागि अर्को राज्यबाट मुम्बई आएको तर उनले लिप सिंकिंग पनि राम्रोसँग नगरेको आरोप लगाए । आशिष शाक्यले आफ्नो एक लामो फेसबुक पोष्टमा लेखे, ‘जब बीबर रुमालले आफ्नो मुख पुछिरहेका थिए तब उनको पूरा अनुहार ढाकिएको थियो । यस्तो स्थितीमा पनि उनको आवाज अलिकति पनि परिवर्तन भएन ।’

एआइबीका हास्यकलाकार रोशन जोशीले पनि बीबरको लिप सिंकिंगमाथि आपत्ति जनाएका छन् । ट्वीटरमा मानिसहरुले बीबरको कार्यक्रम अत्यन्त भावहीन र उनले घरबस्ने कपडा लगाएर स्टेजमा आएको आरोप लगाए । मानिसहरुले बीबरको खराब कार्यक्रमको ऊजुरीमात्र नभई त्यहाँको मनमानीमाथि पनि मानिसहरुले रिस फेरे ।

एक व्यक्तिका अनुसार एक लिटर पानीको बोतल सय रुपैयाँ थियो । यसको लागि पनि बाहिर लाइन लागेको थियो ।उनी भन्छन्, ‘स्टेडियममा पानीको बोतल ल्याउने अनुमती थिएन । पाँच रुपैयाँ पर्ने वडा पांव ९५ रुपैयाँमा बिकिरहेको थियो ।’स्ट्यान्डअप कमेडियन अतुल खत्रीले पनि चिसो समोसाको लागि आफूले २ सय रुपैयाँ तिर्नुपरेको बताएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK