जर्मनीमा बस्दै आएका कांग्रेस नेताद्वारा महासमिति सदस्य पद अस्वीकार

ENGLISH

NRN GLOBAL

जर्मनीमा बस्दै आएका कांग्रेस नेताद्वारा महासमिति सदस्य पद अस्वीकार

2 March, 2016 | Bipin Acharya | 495 Views | comments

बसन्त रानाभाट , नेपालको संविधानमा विदेशी नागरिकता धारणा गरेका नेपाली मूलका गैरआवासीय नेपालीहरुलाई राजनीतिक अधिकार नभएको भन्दै त्यसको सम्मान स्वरूप जर्मनीका पुष्प थापाले कांग्रेस महासमिति सदस्य अस्वीकार गरेका छन् | नेपाली कांग्रेसको १३ औं महाधिवेशनको लागि नेपाली जनसम्पर्क समिति जर्मनीले थापालाई महासमिति सदस्यमा चयन गरेको भए पनि थापाले संविधानमा नै उल्लेख नभएको भन्दै पद अस्वीकार गरेका हुन्।

थापाले भने, ‘नेपाली मूलका गैरआवासीय नेपालीहरुलाई संविधानमा सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार मात्र प्रदान गरेकाले कांग्रेसको १३ औं महाधिवेशनमा सहभागी हुने, तीब्र चाहना हुँदाहुँदै पनि नेपालको संविधानलाई सम्मान गर्दै सहभागी हुन सकिन । नेपाली जनसम्पर्क समिति जर्मनीले चयन गरेको महासमिति सदस्यलाई अस्वीकार गर्दै, अन्य साथीहरुलाई मार्ग प्रशस्त गरेको हुँ ।’

तर थापाले गैरआवासीय नेपालीहरुले उठाउँदै आएको माग ‘एक पटकको नेपाली सँधैको नेपाली’ र नेपाली नागरिकताको निरन्तरताको बिषयमा महाधिवेशनमा राम्रोसँग छलफल गरी गैरआवासीय नेपालीहरुको माग पूरा गर्न माग गरेका छन्।

थापा नेपाली जनसम्पर्क समितिको विदेश सल्लाहकार तथा जर्मनीका विधान संयोजक पनि हुन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीका पूर्वअध्यक्ष समेत रहेका थापा हालका आइसीसी सल्लाहकार रहेका छन् ।

कांग्रेसको १२ औं महाधिवेशनमा थापा महाधिवेशन प्रतिनिधिको रुपमा जर्मनीबाट सहभागी बनेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

salman-khan-visit-in-chandagiri

सलमान खान नेपाल आउँदा चन्द्रागिरिको भ्रमण गर्ने

माघ २०७४, चन्द्रागिरि । बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान...

chanchale-timro-bani

गायिका विश्वकर्मा र ताराकान्त वि.क.को “चन्चले तिम्रो बानी” बजारमा

निकै सुमधुर स्वरकी धनि लोक दोहोरी गायिक प्रतिमा विश्वकर्मा...

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK