जर्मनीमा पनि लामिछानेको “सरसर्ती संसार”को लोकार्पण सम्पन्न

ENGLISH

NRN GLOBAL

जर्मनीमा पनि लामिछानेको “सरसर्ती संसार”को लोकार्पण सम्पन्न

20 January, 2017 | Sandeep Bhattarai | 1185 Views | comments

सरसर्ती संसार

बार्सिलोना/ गैर आवासीय नेपाली संघका प्रमूख संरक्षक तथा पुर्व अध्यक्ष जीवा लामिछाने द्वारा लिखित “सरसर्ती संसार” जर्मनीमा पनि लोकार्पण भएको छ।

पछिल्लो समयमा लामिछानेको कर्मथलो बनेको फ्रयांकफर्टमा आईतबार एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो। काठमाडौ,तान्जानिया,मस्को र लन्डन पछि जर्मनीमा गरिएको यो पाँचौ लोकार्पण कार्यक्रम हो।

जर्मनीका लागी नेपाली अवैतानिक वाणिज्य दूत तथा गैरआवासीय नेपाली संघका संस्थापक अभियन्ता राम प्रताप थापाले कृतिको बिमोचन गरे। कार्यक्रममा बोल्दै थापाले जुन देशमा पुगे पनि नेपालसँग  तुलना गर्दै लेखकले आफ्नो देश लाई समृद्ध बनाउने चाहना पुस्तकमा भेटिएको बताए। कृतिमा देश भक्ती भावना झल्कीएको बताउँदै थापाले साहित्यिक यात्राको निरन्तरताका लागि कामाना समेत गरे।

कार्यक्रममा बोल्दै नियात्राकार लामिछानेले पुस्तकमा आँफुले सरसर्ती यात्राको क्रममा बिभिन्न देशहरूमा पुगेर सरसर्ती गरिएको टिपोट लाई लिपिबद्ध गरिएको हुँदा कृतिको नाम नै “सरसर्ती संसार” राखिएको बताए। पारीवारिक,ब्यबसायिक भ्रमण तथा गैर आवासीय नेपाली संघको अभियानको क्रममा गरिएका यात्रालाई केन्द्रीत गरेर पुस्तक तयार गरिएको पनि उनले स्पष्ट पारे। बिमोचन कार्यक्रममा जर्मनी स्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु उपस्थिति भई नियात्राकार लामिछानेलाई शुभकामाना ब्यक्त गरेका थिए।

सर्जक लामिछाने द्वारा हस्ताक्षर गरिएको पुस्तक बिक्रि बाट प्राप्त रकम के .पी. किरण द्वारा संचालीत चेपांग केन्द्र लाई सहयोग गरिने भएको रामजीवी पन्थले जानकारी दिए। पछिल्लो क्रममा गैर आबासीय नेपालीहरु बीच “सरसर्ती संसार” निकै लोकप्रिय बनेको छ।

‘सरसर्ती संसार’ बोकेर लन्डन उत्रिए जीवा

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK