जर्मनीमा आक्रमण: ९ को मृत्यु, आपतकालीन अवस्था घोषणा

ENGLISH

WORLD

जर्मनीमा आक्रमण: ९ को मृत्यु, आपतकालीन अवस्था घोषणा

23 July, 2016 | arjun baral | 1015 Views | comments

जर्मनीको म्युनिखमा रहेको एक सपिङ सेन्टरमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ जनाको ज्यान गएको छ । घटनामा अन्य १० जना घाइते भएका छन् ।

ज्यान जानेमा एक आक्रमणकारी पनि रहेको जर्मनी प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमणमा तीन जनाको संलग्नता रहेको र दुई जनाको खोजी भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।

म्युनिखको व्यस्त सपिङ सेन्टरमा पसेर आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा सर्वसाधारण नागरिकका कम्तिमा ८ जनाको ज्यान गएको हो । मारिने अर्का एक व्यक्ति आक्रमणकारी भएको र उनको शव आक्रमण भएको सपिङ सेन्टर भन्दा एक किलोमिटर पर भेटिएको प्रहरीले बताएको छ ।

g

आक्रमणपछि स्थानीय सरकारले म्युनिखमा आपतकालीन अवस्था घोषणा गरेको छ र आतंककारी विरुद्ध कारबाही अभियान सुरु गरेको छ । प्रहरीका हेलिकप्टरले सुरक्षा निगरानी बढाएको बिबिसीले उल्लेख गरेको छ । प्रहरीले नागरिकलाई सार्वजनिक स्थानमा नजान आग्रह गरेको छ  ।  चान्सलर एङगेला मर्केलका मुख्य कर्मचारी पिटर अल्टमाएरले आक्रमणको कारण अहिलेसम्म खुल्न नसेको बताएका छन् ।

नेपाली समय अनुसार शुक्रबार राति पौने १० बजे आक्रमणपछि प्रहरीले आक्रमणकारीको खोजी तथा कारबाही अभियानलाई तीब्र पारेको छ । शनिबार राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्ने छ । घटनापछि सार्वजनिक यातायात बन्द गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK