जर्मनीको फ्र्यांकफोर्ट शहरमा महिला भेला सम्पन्न

ENGLISH

NRN GLOBAL

जर्मनीको फ्र्यांकफोर्ट शहरमा महिला भेला सम्पन्न

10 July, 2016 | Sandeep Bhattarai | 1405 Views | comments

गैरआवासीय नेपाली संघ जर्मनीकी महिला कोर्डिनेटर इम्प्रेश सिंहको सक्रियतामा जर्मनीको फ्र्यान्क्फोर्ट शहरमा महिला भेला सम्पन्न भएको छ।

germany

गत बिहिबार सम्पन्न उक्त भेलामा आइसीसी कि महिला संयोजक सपिला राजभन्डारी र सह-संयोजक राजनी प्रधानले अतिथीको रुपमा एनआरएनएले महिलाको लागि गरिरहेको कार्यहरुको व्याख्या गरिन । एक युरो प्रोजेक्ट, खाडीमा कार्यरत महिलाहरुको हकहितका लागि गरिएका पहलहरु, नेपालमा महिलाहरुको आङ खस्ने समस्याको उपचारको लागि चलाइएका हेल्थ क्याम्पहरु, नेपाली महिलालाई आत्म निर्भर बनाउनको लागि ऋणको रुपमा टेम्पो किन्ने कार्यक्रम देखी हरेक एनआरएनए महिलाहरुका लागि आफू बस्ने देशको झन्डासँग मेल खाने रङ र रातो लाली गुराँस बुट्टाले भरिएको सारी लगाउने अभियान जस्ता बिषयहरुमा अतिथी द्वयबाट प्रकाश पारिएको थियो।

एक युरो प्रोजेक्ट अन्तर्गत १५६ युरो रकम उठेको थियो। उठेको रकम अहिले महिला संयोजकले संकलन गर्दै पछी महिलाहरुको लागि छुट्टै खाता संचालन गर्ने निर्णय भएको थियो। कार्यक्रममा एनआरएनए जर्मनीका अध्यक्ष नब राज रोस्यारा, संरक्षक रण बहादुर बिक, एलसीसी कोर्डिनेटर लोक मणी ढकालको पनि उपस्थिती थियो।

भेलापछि उपस्थित महिलाहरुको लागि होटेल होक्स्टर होफले खानाको ब्यबस्था गरी स्पोन्सर गरेकोमा होटेल होक्स्टर होफ परिवारलाई हार्दिक धन्यवाद ब्यक्त गरिएको थियो।भेलाले आगामी अगस्ट छ तारिख शनिबारका दिन फ्र्याक्फोर्टको ओस्ट पार्कमा ११ बजे देखी ग्रिलपार्टी गर्ने र एलसीसी हेसेनको महिला कोर्डिनेटर पनि चयन गर्ने निर्णय गरेको छ। महिलाहरु आयोजक रहेको अगस्ट छ तारिख शनिबारका दिन फ्र्यान्क्फोर्टको उक्त ग्रिल पार्टीमा हामी सबै हेसेनबासी नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा हार्दिक आमन्त्रण गरिएको छ। कार्यक्रमको बृस्तित विवरण चाडैं प्रकाशित गरिने जनाएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK