जर्जीयाको एटलाण्टामा सरस्वति पूजा र बिशेष साहित्यिक कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

naasaa-sawaswati-puja

जर्जीयाको एटलाण्टामा सरस्वति पूजा र बिशेष साहित्यिक कार्यक्रम सम्पन्न

24 January, 2018 | Kabi Adhikari | 2015 Views | comments

नासा ( NASeA ) साहित्य समिति र अनेसास जर्जीया च्याप्टरको संयुक्त आयोजनामा जर्जीयाको एटलाण्टा शहरमा बसन्त पंचमिको पाबन अबसरमा सरस्वती पूजा तथा बिशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

naasaa-sawaswati-puja

अनेसास जर्जिया च्याप्टर तथा नासा (NASeA) साहित्यिक समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाल सरकारका पर्यटकिय सद्भावनादूत राजा घलेले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो ।

अनेसास जर्जिया च्याप्टरका अध्यक्ष चेतनाथ घिमिरेको सभापतित्वमा संचालित उक्त कार्यक्रममा कोलोराडोबाट आउनु भएका साहित्यकार ज्ञानेन्द्र गदाल प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथिबाट पानसमा वत्ति बाली सरस्वतीको मूर्तिमा पुष्पार्पण गरि शुरू भएको यो कार्यक्रमको प्रारम्भमा नासा (NASeA)को कार्यसमिति सदस्य समेत रहेकी शिक्षासेवी नमिता घिमिरेले सरस्वति वन्दना पाठ गर्नु भएको थियो । आयोजक संस्थाको तर्फबाट (NASeA) साहित्य समिति प्रमुख डा विनिता केसीले आफ्नो छोटो मन्तव्यसहित कविता वाचन गर्नु भएको थियो । NASeA एवं अनेसास जर्जियाकि उपाध्य़क्ष अम्बिका लोहनी शर्माले यस्तो किसिमको नेपाली भाषा तथा साहित्य संग संम्बन्धित कार्यक्रमले हाम्रो मातृ पहिचान बढाउन थप सहयोग गरेको र यसलाई अब नियमित रुपमा निरन्तरता दिने हौसला बढाएको बताउनु भयो । सो कार्यक्रममा एन आर एन जर्जीया च्याप्टरको अध्यक्ष सूर्य लम्साल र बिश्व हिन्दु महासंघ अमेरिकाका अध्यक्ष किरण श्रेष्ठ पनि अतिथीका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

सॉझ ६ बजे शुरु भएको सो कार्यक्रममा स्थानीय कलाकार तथा अनेसास , जर्जीया च्याप्टरको महासचिब किरण मानिके र डा. सुदिप श्रेष्ठको मिठो गीतको प्रस्तुति पछि गीतकार एवं कवि ज्ञानेन्द्र गदालको एक दर्जन गित , ग़ज़ल र कबिताहरूको एकल कृतिवाचन भएको थियो ।

सरस्वति पूजाको महत्वको चर्चा गर्दै प्रमुख अतिथिले सानैदेखि यसबाट प्रभावित हामीले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रमहरुले सहयोग पुर्याउने कुरामा जोड दिंदै एटलाण्टामा पनि यसले अबदेखि निरन्तरता पाउनेमा विश्वास व्यक्त गर्नुभएको थियो । नासाको अध्यक्ष माधब ढकाल र महासचिब कृष्ण श्रेष्ठले आफूहरू उपस्थित हुन नसकेकोमा दुख ब्यक्त गर्दै सो कार्यक्रमको पूर्ण सफलताको लागि शुभकामना पठाउनु भएको र यस्ता खाले मातृ भाषा , साहित्य तथा नेपालीपन दर्शाउने कार्यक्रमलाई आत्मसाथ गरेर अगाडी बढ़न नासा संधै तयार रहेको पनि जानकारि गराउनु भएको थियो ।

सो कार्यक्रममा प्रत्यक्ष सहयोग गर्ने स्थानीय महानुभाव र सहभागी कविहरुलाई प्रशंशापत्र समेत प्रदान गरिएको थियो ।अनेसास जर्जिया च्याप्टरका महासचिव किरण मानिकेद्वारा संचालित उक्त कार्यक्रम एटलाण्टा स्थित Himalayan Spice नेपाली Restaurant मा सम्पन्न भएको थियो ।

विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी मनाइँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम...

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK