जन्मदिनमा बिष्टद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई ५१ हजार

ENGLISH

NRN GLOBAL

जन्मदिनमा बिष्टद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई ५१ हजार

7 July, 2016 | Sandeep Bhattarai | 1460 Views | comments

 

dh

वाशिंगटन डिसी , देश दुख्दा मुटु दुख्छ, जहाँ भए पनि सिताराम कट्टेल र कुन्जना घिमिरेले गरेको कामको प्रशंसा जति गरे पनि कम नै हुन्छ भन्दै टेक्सास राज्यको हुस्टनमा शृंगार केन्द्र (ब्युटी पार्लर) संचालन गर्दै आएकी नेपाली मूलकी भावना पाण्डे बिष्टले आफ्नो जन्म दिवसको अवसरमा ‘धुर्मुस सुन्तली एकिकृत वस्ती’ का लागि जन्मदिनको खर्च कटाएर ५१ हजार रुपैयाँ सहयोग गरेकी छिन् l

झन्डै ९ वर्ष अगाडी अमेरिका आई नेपाल अमेरिका आवत जावत गर्दै र पछिल्लो ४ बर्ष देखि अमेरिकामा नै बस्दै आएकी भावना पाण्डे बिष्ट विदेशमा बसे पनि हरपल मन त आफ्नै देशमा पुगी रहेको हुन्छ भन्दै थोरै सहयोग गर्न पाउँदा हर्ष लागेको बताईन l

dh1उहाँहरु जस्तो सबैले निस्वार्थ बने देश बन्न कति बेर लाग्छ भन्दै आफूले आफ्नो जन्म दिवसमा अन्य खर्च नगर्ने निधो गरेर आफूसंग संचित रकम मन भएर पठाएको बताईन l

उनले भनिन आफू बिगत ४ बर्ष देखि आफ्ना एक छोरी र एक छोरासंग अमेरिका बस्दै आएको छु भन्दै विदेशमा जीवन झन् जटिल छ तर पनि धुर्मुस र सुन्तलीले गरेको महान सोचरुपी सागरमा केहि थोपा मिसाउने जमर्को गरेको बताईन l

उनले आफ्नी आमाले भनेको जस्तै थोपा थोपा गरेर समुन्द्र बन्छ त्यसैले यो सानो सहयोग गर्ने साहस गरेकी छु भनिन l र भगवानले चाहनु भयो भने आउँदा दिनहरुमा अझै सामजिक सेवा गर्ने ईच्छा रहेको बताइन l बाँकी भगवानको ईच्छा भनिन l

धुर्मुस सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६५ परिवारका लागि एकिकृत बस्ती निर्माण गरिरहेको छ । भावना पाण्डे बिष्टले लामो समय सम्म काठमाडौँको पुतली सडकमा आफ्नै शृंगार गृह संचालन गरेको उनीसंग अनुभव भएकोले अमेरिकामा उनलाई त्यहि पेशा गर्न सरल भएको छ l उनको जन्म दिन जुलाई ७ तारिख हो l

भावना पाण्डे बिष्टले चितवन जिल्लामा दुई कक्षाकी छात्रालाई पठन पाठनको लागि बार्षिक लाग्ने खर्च समेत जन्म दिवस मै एक मुष्ठ रकम पठाई सकेकी छिन् l

यो पनि हेर्नुस – सुन्तलीको जन्म दिनमा धुर्मुशले लेखे– समाज सेवाको प्रेरणा तिमी हौ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK