जनसम्पर्क समिति पोर्चुगलको अधिवेशन जुलाईमा हुने

ENGLISH

NRN GLOBAL

जनसम्पर्क समिति पोर्चुगलको अधिवेशन जुलाईमा हुने

भरत प्रधान ,लिस्बन (पोर्चुगल)

4 July, 2017 | Bipin Acharya | 710 Views | comments

नेपाली काँग्रेसको प्रवासी भातृ सँगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाँचौ अधिवेशन हुने भएको छ ।

समितिको गत २२ जुनमा बसेको बैठकले यही जुलाई २३ तारिखका दिन पाँचौ अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनलाई लक्षित गरि समितिले यतिबेला सदस्यता नबिकरण तथा नयाँ सदस्यता बितरणलाई तिब्रता दिएको छ । पोर्चुगलमा सन् २००६ मा स्थापना भएको समितिमा दुई कार्यकाल पूर्ण हमाल सभापति भए भने पछिल्लो दुई कार्यकाल अर्थात् हाल लक्ष्मी प्रसाद सापकोटा सभापति रहेका छन् ।

अधिबेशन नजिकीए सँगै सभापति पदमा हालका उपसभापति शुशिल शर्मा गैह्रेले आफुलाई प्रत्याशीका रुपमा उभ्याएका छन् । निरन्तर दुई कार्यकाल उपसभापति भई काम गरेको र सभापतिको अनुपस्थितीमा पटक–पटक कार्यबाहक सभापतिको रुपमा समेत जिम्मेवारी निर्वाह गरिसकेको बताउदै शर्माले आफू स्वभाविक रुपमा सभापति पदको दाबेदार भएको बताएका छन् । आफ्नो दाबी स्वभाविक भएको बताउने शर्माले औपचारिक रुपमा उम्मेदवारी घोषणा भने अझै गरिसकेका छैनन् ।

लामो समयदेखि समितिको नेतृत्व तहमा रहेर सामाजिक गतिबिधीमा सकृय रहेका शर्माले क्षमता र योगदानका आधारमा आफूले नेतृत्व पाउनुपर्ने दाबी गरेका छन् । सामूहिक र समाबेशी नेतृत्व स्थापीत गर्न तथा समितिको थप क्रियाशीलता र गतिशिलताको लागि पनि आफू सभापति पदको उम्मेदवार भएको शर्माले बताए । अधिकांश साथीहरुको चाहना र अग्रजहरुको सर्मथन पाएकै कारण समितिको नेतृत्वमा आफ्नो दाबी रहेको शर्माको भनाई छ ।

जनसम्र्पक समिति काँग्रेस निकट राजनितीक सँस्था भएपनि पोर्चुगलमा साझा सामाजिक सँस्थाको रुपमा रहेको बताउदै शर्माले समितिलाई अझै सबल, सक्षम र शसक्त बनाएर अगाडी बढाउने योजनाका साथ आफू सभापति पदको आकांक्षी भएको बताए । ‘समितिको उपसभापतिको रुपमा रहेर मैले धेरै काम गरेको छु ।

अब साथीहरुले मेरो काम र मेरो योगदानको मूल्याँकन गर्ने समय आएको छ, शर्माले भने – बिगतदेखि नै सहमतिमै नेतृत्व चयन हुदै आएको छ, मलाई बिश्वास छ यसपटक पनि सहमतीमै नेतृत्व चयन हुनेछ । मेरो योगदान र मेरो क्रियाशिलतालाई सही मूल्याँकन गरी अवश्य पनि मलाई नेतृत्वको जिम्मेवारी दिनुहुनेछ ।’

२०४६ सालको जनआन्दोलनबाट नेपाली कांग्रेसको राजनितीमा सकृय भएका शर्मा नेपाल बिद्यार्थी संघ नवलपरासीका पूर्व जिल्ला सदस्य समेत हुन् । अधिबेशनले आगामी २ बर्षे कार्यकालका लागि नया नेतृत्व चयन गर्नेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

भानु जयन्ती

कोलोराडोमा भानु जयन्तीसंगै कवी गोष्ठी सम्पन्न

नेपाली भाषिक एकताका नायक आदिकवी भानुभक्तको २०५ औं जन्म...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK